Tuesday October 23, 2018  
   | 

कृषक

  • अनुदानमा कृषि औजार वितरण

    काठमाडौं । म्याग्दीको मंगला गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औंजार वितरण गरेका छन् । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको हो । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरेको हो ।

  • पाँच वर्षभित्र बाह्रै महिना सिँचाइ सुविधा

    काठमाडौं । सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो ।

  • मकैको दाना नलाग्दा करोडैंको क्षति

    काठमाडौं । मकैको घोगामा दाना नलाग्दा किसानले करोडौंको नोक्सनी बेर्होनु परेको छ । बाराका किसानले लगाएको हिउँदे मकैंको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति क्षति थएको हो ।

  • परनिर्भरता घटाउन बाँझो जमीनको उपयोग

    काठमाडौँ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलपूmल लगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ ।

  • च्याउखेती गर्ने किसान बढ्दै

    काठमाडौं । कन्ये च्याउको बीउको माग धेरै हुने गरेका छन् । बीउको् माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर भए पनि व्यावसायिक खेती गर्दै आएका छन् । पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका हुन् ।

  • उखु किसानलाई पचास प्रतिशत भुक्तानी

    काठमाडौं । चिनी मिलबाट उखु किसानले भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो ।

  • अलैंचीका बिरुवाको मूल्य घटे

    काठमाडौं । लमजुङ जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो ।

  • चार टन ओलको बीउ वितरण

    काठमाडौं । मोरङको रङ्गेली नगरपालिकाले तरकारी खेतीको लागि चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ । कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले बीउ वितरण गरिएको हो ।

  • सैनामैनाका कृषकलाई अनुदान

    काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • केरा खेतीमा लाखौंको क्षति

    काठमाडौं । यस बर्ष हावाहुरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लगाएको केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।