Monday November 20, 2017  
   | 

कृषक

  • मुक्तकमैयाद्धारा च्याउखेती

    भीमदत्तनगर । एक दशकअघि कञ्चनपुरको सुडामा साहुको खेतमा काम गरेर छोराछोरीको स्याहारमा जुटेकी मुक्तकमैया सुनिता चौधरी हिजोआज च्याउखेती गरेर गाउँमा व्यवसायीका रुपमा चिनिन थालेकी छन् ।

  • विदेशबाट फर्किएका युवा गाउँमै व्यावसायिक पशुपालन र तरकारीखेती गर्दै

    म्याग्दी, ८ माघ । म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् । रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेतीमा लागेपछि गाउँकै मुहार फेरिएको छ ।

  • केरापछि माछा व्यवसायमा सफल अम्बिका अधिकारी

    उनलाई पोखराको केरा खेतीले घाटा लगायो । तर पोखरामा बस्दा उनले माछाको बजार बुझे । त्यस पछि साथीसंगै मिलेर उनले नगरपालीकाको स्वामित्वमा रहेको २ सय ८० रोपानीको खोष्टे ताल भाडामा लिएर माछा पाल्न शुरु गरे ।

  • चैतेधानका लागि रु २० लाख अनुदान

    भीमदत्तनगर, ७ माघ । कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले रु २० लाख अनुदान दिने भएको छ । जिल्लाको ४०० हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले जानकारी दिनुभयो ।

  • भूकम्प पीडितलाई चौँरी वितरण

    धुन्चे (रसुवा), ७ माघ । लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ । लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो ।

  • कोदोले बजार नपाउँदा कृषक चिन्तित

    फलेवास (पर्वत), ५ माघ । यस जिल्लामा धान र मकैपछिको तेस्रो मुख्य बालीको रुपमा रहेको कोदोले बजार नपाउँदा यहाँका कृषक चिन्तित बनेका छन् । धानभन्दा कोदो बढी उत्पादन हुने जिल्लाको फलेवास क्षेत्रका सबै कृषक कोदो बिक्री नभएर चिन्तित बनेका छन् ।

  • किसानका लागि ‘अडियो नोटिस बोर्ड’

    कञ्चनपुर, ४ माघ । कृषि विकास कार्यालय डोटीले सेवाग्राहीको सुविधाका लागि ‘अडियो नोटिस बोर्ड’को व्यवस्था गरेको छ ।कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र किसानलाई कृषि कार्यमा परेका समस्या समाधाका लागि अडियो नोटिस बोर्डको व्यवस्था गरेको हो ।

  • अमेरिकामा मन नथामिएपछि नेपाल फर्केका रविन कृषिमा

    घरमा खवरै नगरिकनै नेपाल फर्किदा आफन्त, छरछिमेक र परिवारले यो वौलाएछ भन्न थाले । झारफुक गर्न समेत लगे । रविन भन्छन्, यस्तो रुढीवादी परम्परामा विश्वास नगर्ने भएपनि परिवारको मनशान्तिकोलागि पनि झारफुककालािग गइदिएको हुँ ।

  • किसानलाई अनुदानमा कोरली गाई

    काठमाडौं, भुकम्प पीडित किसानलाई सरकारले राहतमा कोरली गाई बितरण गर्ने तयारी गरेको छ । भुकम्पबाट पीडित बनेका २४ जिल्लाका किसानलाई ९० प्रतिशत अनुदानमा बीमा गरिएको सुविधासहितको जर्सी जातका गाई बितरण गर्न लागिएको हो ।

  • युवा लक्षित विभिन्न सिपमुलक तालिम

    काठमाडौं, पुस २९ – युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले बेमौसमी तरकारी खेती, गाइपालन, बाख्रापालन, ब्यूटिसियन, खाद्य तथा फलफूल प्रशोधन, स्टिल फिक्चर्स, सुरक्षा गार्ड, विषादीररसायनिक मल प्रयोग विधिसहित १७ वटा क्षेत्रमा युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो ।