Sunday January 21, 2018  
   | 

कृषक

  • मेहनत गरे स्वादेशमै पैसा

    काठमाडौं । विदेशमा पैंसाको बोट हुन्छ भनेझै टिप्नका लागि मिठो सपना बोकेर विदेशीने युवाहरु सपना साकार नहुने देखेपछि स्वादेशमै पैसा फोलाउन लागि परेका छन् । विदेशमा पसिना बगाएका इलाम सूर्योदय-४ का २७ बर्षीय सुदन लिम्बुलाई दुवाईमा दुई बर्ष काट्न दश बर्ष लागे जस्तो लागेको बताउछन् ।

  • दूधगाउँमै खपत

    काठमाडौं । उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानी उद्यमीले दुधका विभिन्न परिकारहरु बनाउन थालेपछि स्थानीय रुपमै खपत हुन थालेको छ । विगतमा स्थानीय रुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा त्यसै जाने गरेको थियो । 

  • लोकप्रिय खेती गोलभेडा

    काठमाडौं । छोटो समयमा निक्कै राम्रो आम्दानी हुने लोकप्रिय तरकारी खेती मध्ये गोलभेडा खेती एक हो । कम मेहनत र थोरै जनशक्तिबाट पनि राम्रो आम्दानी हुने गरेकाले गोलभेडा खेतीप्रति किसानको आर्कषण बढ्दो रहेको छ ।

  • प्रविधिले खर्च र समयको बचत

    काठमाडौं । बद्लिदो समय सँगसँगै मानिसको चाहना पनि बढ्दो प्रविधिमय बन्ने गर्दछ । केही समय पहिले किसानले एक कठ्ठाको धान काट्न चारजनालाई दिनभर लाग्ने गथ्यो । धान बटुल्ने थन्काउन महिनौंसम्म खेतबारीमा धानको कुनीउ बनाएर राख्ने गर्थे ।

  • इलाम दूधमा आत्मनिर्भर

    काठमाडौं । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

  • अण्डाबाट मासिक बीसहजार कमाइ

    काठमाडौं । बालकोट- ६ का मुना राईले लोकल क्रस कुखुरापालनबाट मासिक बीस हजार कमाई गर्दै आउनु भएको छ । उहाँको यो कुखुराको अण्डाको मात्र आम्दानी हो । स्थानिय बासिन्दाको ३ रोपनी जमिन भाडामा लिएर कुखुराका साथ-साथै बाख्रापालन, सिजन अनुसारको  तरकारी समेत लगाउँदै आउनु भएको छ ।

  • कृषक चियाखेतीतर्फ आकर्षित

    चियाखेतीबाट आम्दानी पनि लिन सकिन्छ भन्ने कुरा थाहा नपाएकी खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, तर हामी बिक्री गर्दैनथ्यौँ,” उहाँले भन्नुभयो । थोरै बारीमा मात्रै परम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो ।

  • मेहनतको फल पाउन मुस्किल

    जिल्ला ईलामको चारवाट प्रमुख नगदेवाली रुपमा रहेको अदुवाखेती यस वर्ष भने जस्तो उचित मूल्य पाउन सकेनन् । इलाम रुङ्गसुङ-८ का प्रकाश खड्काकानुसार दुई वर्षअघि प्रतिमन १ हजार ५०० सयमा बेच्दै आएको भएता पनि यस वर्ष प्रतिमन मुस्किलले छ सयमा बेच्नु परेको बताउनु हुन्छ ।

  • गाउँमै दूध चिस्यान केन्द्र

    तेह्रथुमको छथर गाउँपालिका-४ पलाक्चामाराका किसान गाउँमै दूध बिक्री गर्न पाउँदा हर्षित भएकाछन् । दूध भण्डारणको लागि गाउँमै चिस्यान केन्द्र स्थापना भएपछि उत्पादित दूध खेर जाने छैन भने उज्यालो नहुँदै दूध बोकेर शुक्रबारे बजार धाउन पनि नपर्ने भएको छ ।

  • मद्रासी कागती जाँतेमा

    लेटाङ ९ जाँतेका विनोदकुमार वस्ती चार वर्षअघि भारतको मद्रास भ्रमणमा गएका थिए। मद्रासको अधिकाँस भूभागमा कागती फलेको देखेर उनी अचम्मित भए । समथर भूभागमा सुन्तलाकै ‘साइज’मा कागती फलेको देखेपछि आफ्नो ३ बिघा खेतमा पनि लगाएर विचार गर्ने निधो गरे।