Monday November 20, 2017  
   | 

कृषक

  • बेमौसमी काँक्रो बजारमा

    क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् । पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याएका हुन् ।

  • अदुवाको परिकारबाट लाखौँ आम्दानी

    अदुवाको मूल्य भनेजस्ता नपाएर अधिकांश किसानको बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर इलामकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन् । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरेका हुन् ।

  • अनुदानमा तरकारीको बेर्ना

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

  • अलैँचीको मूल्यमा भारी गिरावाट

    तेह्रथुम म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ९४० किलो० रु २५ हजारको दरले खरिद गरे । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन् ।

  • चिनियाँ धान उत्पादनमा वृद्धि

    मध्यपुरथिमिमा करिब १२ रोपनी जग्गामा यस वर्ष परीक्षणका रुपमा लगाइएको एलपिएम बिआर १६२८ र एलपिएम बिआर १६३२ जातको धानको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकको टोलीसहितले आज अवलोकन गरेको हो ।

  • रोग पहिचान नहुँदा कृषक चिन्तित

    तेह्रथुम लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् । शुरुमा राम्रो आम्दामी दिँदै आएको अलैँचीको अहिले जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताए ।

  • भेडापालन व्यवसाय संकटमा

    काठमाडौं । सोलुखुम्बुको हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए ।

  • चौंरीपालेर विद्यालय सञ्चालन

    सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्तरुपमा लगानी गरी चौंरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् ।

  • तेह्रथुमका कृषक तरकारीखेतीप्रति आर्कषित

    आर्थिक वर्ष २०७३/७४ मा तेह्रथुम जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए ।

  • पाल्पाबाट करोडौंकोे तरकारी निर्यात

    परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो ।