Friday September 22, 2017  
   | 

कृषक

  • मुस्ताङमा स्याउ उत्पादन बढे

    मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

  • एकसय तीनवटा परियोजनालाई चालिस करोड तीस लाख सहयोग

    कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ ।

  • मनाङको अर्गानिक आलु काठमाडौंमा

    बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ । मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन । जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले ।

  • जडीबुटी टिमुर लोप हुँदै

    महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन ।

  • कागती बेचेरै करोडपति

    झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो ।

  • इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

    ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् ।

  • बाढीका कारण पशुमात्र रु छ करोडको क्षति

    सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ ।

  • दाङमा बाढीले एघार करोड क्षति

    दाङ जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा रु आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ ।

  • किसान मौरीपालनतर्फ आकर्षित

    जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।

  • किसान व्यावसायिक कृषिप्रति आर्कषित

    व्यावसायिकरुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रुपमा घोषणा हुन सफल भएको छ । दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध संकलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकतामा विकास भएको अगुवा कृषक खगेन्द्र अधिकारीले बताउनुभयो ।