Wednesday September 19, 2018  
   | 

कृषक

  • मुस्ताङको स्याउ बजार पुग्न सकेन

    काठमाडौं । मुस्ताङको स्याउ बजार पु¥याउन नसक्दा कुहिन थालेको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको हो ।

  • तरकारी बेचेर धानिएको जीवन

    काठमाडौं । बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बेचेरै जिवीका चलाईरहनु भएकोछ । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहनु भएको हो ।

  • अण्डाको मूल्यमा बृद्धि

    काठमाडौं । अण्डाको मूल्यमा बृद्धि भएको छ । एक वर्षयता अण्डाको मूल्यमा बढ्न नसक्दा किसानले व्यवसाय धान्न निक्कै कठिनाई झेल्नु परेको थियो । अण्डाको मूल्यमा बृद्धि हुन थालेपछि कृषकलाई राहत मिलेको छ ।

  • झापाका किसन सयपत्री फूलको खेतीतर्फ आकर्षित

    काठमाडौं । झापाका किसान व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्न थालेका छन् । सयपत्री फूलको माग बढ्दो हुन भाले सँगैं फूलमाथिको परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

  • पर्वतका किसान माछापालनतर्फ आकर्षित

    मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका छन् । उहाँहरुले सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौँसम्म बिक्री हुने गरेको छ ।

  • अनुदानको मलमा कालोबजारी

    रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदैं आएका छन् । माग अत्याधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र रासायनिक मल दिने गरेको छ तर ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।

  • नेपाल कृषिप्रधान मुलुक !

    काठमाडौँ । नेपाललाई कृषिप्रधान मुलुक भन्न, अकमकाउनु पर्ने अवस्था आयोएको छ । यसै वर्षको असार महिनामा दुई लाख ७६ हजार ४११ प्रतिशतले दैनिक आवश्यक पर्ने खाद्यान्न आयातमा वृद्धि भएको छ । असार एक महिनामा रु तीन अर्ब ५६ करोड २९ लाख ३८ हजारको खाने खाद्यान्न आयात भएको छ ।

  • नुवाकोटमा आलु र तरकारीका लागि रु पाँच करोड

    काठमाडौं । नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो ।

  • कृषकलाई कृषियन्त्र प्रदान

    काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र उपलब्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रममा ५० प्रतिशत अनुदानअन्तर्गत नगरका कृषि फार्मलाई कृषियन्त्र हस्तान्तरण गरिएको हो ।

  • जाजरकोटमा दुग्ध चिस्यान केन्द्र स्थापना

    काठमाडौं । जाजरकोटमा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । सङ्कलित दूध जिल्लामा पुगेपछि जिल्ला बाहिर निर्यात गर्ने योजनाका साथ रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो ।