Sunday April 22, 2018  
   | 

खरिद-विक्री

  • धानको उत्पादन वृद्धि हुने

    चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव २०७३/७४ मा ५० लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ ।

  • अर्गानिक चियामा अनुदान माग

    किसानले अर्गानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । अर्गानिक चियाको माग अन्तर्रा्ष्ट्रियस्तरसम्म रहेकाले मागअनुसारको चिया उत्पादन गर्न किसानले सरकारी अनुदानको माग गरेका हुन् ।

  • तरकारी खेतीबाट प्रसस्त आम्दानी

    जाजरकोट जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो । उत्पादित आलुमध्ये दुई हजार ८८७ मेट्रिक टन तरकारी जिल्लाबाहिर निर्यात भएको थियो ।

  • रु चौध करोडको तरकारी निर्यात

    पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२/०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् ।जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२/०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

  • बाख्रापालन व्यावसायिक बन्दै

    पाँच वर्षअघिदेखि कुखुरापालन, सुँगुरपालन र तरकारी खेती सुरु गर्नुभएका थापा पछिल्लो समय बाख्रापालनतिर आकर्षिक हुनुभएको हो । एक्लो प्रयासमा थापाले सुरु गरेको व्यावसायिक पशुपालन र कृषि गाउँमै नमुना बनेको छ । थापाले भन्नुभयो, “विदेशमा जति कमाउने पैसा मैले घरमै बसेर कमाउन सफल भएको छु ।”

  • कृषि पर्यटनले उकासेको काउलेपानी

    दरबारको ऐतिहासिक पक्ष र मौलिकताको अवलोकन गर्न आउने गरेका पर्यटक देख्दा भाग्ने महिला अहिले आफैँले होमस्टे (घरबास) सञ्चालन गरेपछि पर्यटकसँग रमाउने गरेका हुन् । लमजुङ जिल्लाको मुख्य सहर बेसीसहर हो भने काउलेपानी गाउँसहर हो ।

  • आँप उत्पादनमा वृद्धि

    जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । जिल्लामा अम्रपाती, दशहरी, चल्लिका, लङ्गडा, माल्दा, चौसा आदि उन्नत जातका आँपको खेती हुने गरेको छ ।

  • हरियोपत्तीको विवाद सुल्झाउन छलफल

    हरियो चियापत्तीको मूल्य विवाद सुल्झाउन आज विहीवार बिर्तामोडमा राजनीतिक दलका प्रमुख तथा नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच छलफल भएको छ । झापाली साना किसान चिया व्यवसायी संघ र चिया उत्पादक संघबीच हरियो पत्तीको विषयलाई लिएर उत्पन्न विवाद यथाशीध्र सुल्झाउन सरोकारवाला सबै सहमत भएका छन् ।

  • चिया उद्योगी र किसानबीच विवाद

    बोर्डले गत बर्षको उक्त तीन महिनाको मूल्य क्रमशः रु. १२.८७, रु. ११.६५ र रु. १२.४७ निर्धारण गरेको थियो । १६% गुणस्तर अर्थात दुई पात एक सुईरालाई आधारमानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको बताइएको छ । बोर्डले निर्धारण गरेको मूल्य विना आधारको रहेको भन्दै चिया उत्पादक संघले आपत्ति जनाउँदै आफूखुशी मूल्य निर्धारण गरेको बताइएको छ ।

  • चौँरीगाईको दूध बेचेर लखपति बन्दै

    हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । हिमाली क्षेत्रको पहिचानका रुपमा पालिने चौँरीगाइले यहाँका किसानलाई आर्थिक रुपमा बलियो मात्रै बनाएको छैन, गाउँमा केही प्रगती हुँदैन भन्दै विदेशीने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।