Sunday April 22, 2018  
   | 

खरिद-विक्री

  • आयआर्जन गर्ने बाली बन्दै अदुवा

    अदुवालाई पाल्पा किसानले आयआर्जन गर्ने बालीका रुपमा लिएका छन् । जिल्लामा उत्पादित तीन हजार ७५२ मेट्रिक टन अदुवा भारतलगायत अन्य मुलुकमा निर्यात हुने गर्दछ । अहिले बजारमा अदुवा प्रतिकिलो रु ८० देखि रु १०० मा बिक्री भइरहेको छ ।

  • अलैँची खेतीप्रति किसान आकर्षित

    वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् ।

  • कृषक माछापालन तर्फ आर्कषित

    तनहुँमा गत वर्षको तुलनामा यसवर्ष माछा उत्पादन वृद्धि भएको छ । गत आवमा २३ मेट्रिक टन माछा उत्पादन भएकामा यस आवमा ४० मेट्रिक टन माछा उत्पादन भइ गत आवको तुलनमा १७ मेट्रिक टनले बढी हो ।

  • कृषि उपजबाट करोडौ आम्दानी

    म्याग्दीमा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा रु ३३ करोडभन्दा आम्दानी भएको छ । आर्थिक वर्ष २०७२/७३ मा यहाँका कृषकले आठ हजार १५९ मेट्रिक टन कृषि विभिन्न उपज निकासी गरेर रु ३३ करोड ४६ लाख ४५ हजार आम्दानी गरेका हुन् ।

  • २१७ मेट्रिकटन स्याउ निर्यात

    भदौ महिनाको पहिलो हप्ता भित्रै जुम्लाबाट दुई सय १७ मेट्रिकटन स्याउ निर्यात भएको छ । स्याउ किसान तथा व्यापारीलाई भदौ दोस्रो हप्तासम्म स्याउ नटिप्न तथा बिक्रीवितरण नगर्न जिल्ला कृषि कार्यालय जुम्लाले सूचना गरेपनि अहिलेनै दुई सय १७ मेट्रिकटन स्याउ जुम्लाबाट निर्यात भइसकेको हो ।

  • बंगुरबाट बार्षिक तेहृलाख आम्दानी

    पर्वतको माझफाँट २ मा सहकारीद्धारा सञ्चालित सामुहिक बंगुर फार्मबाट वार्षिक १३ लाख रुपैया बरावरको बंगुर विक्रि भएको छ । धौलागिरी बंगरपालन सहकारी संस्थाले सञ्चिलित गरेको सामुहिक बंगुरपालन र्फमबाट गत आर्थिक बर्ष २०७२/७३ मा दुई सय वटा भन्दा वढि बंगुर विक्री गरेर १३ लाख रुपैयाँ कमाई भएको हो ।

  • तरकारी खेतीप्रति युवाको आकर्षण

    पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ ।

  • तरकारीबाट मासिक डेढ लाख

    सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दैैआउनुभएको छ । सात वर्ष अगाडि बेरोजगार रहनुभएका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित हुनुहुन्छ ।

  • करोडौंको गोलभेडा निकासी

    गत आ व. २०७२/०७३ मा धनकुटाबाट ८४ करोड १९ लाख बराबरको गोलभेडा निकासी भएको छ । धनकुटामा हिउदे र बर्षे गरि १ हजार ३ सय ७५ हेक्टरमा व्यवसायीक रुपमा गरिएको खेतिबाट ४७ हजार ७ सय ५० मेट्रिकटन गोलभेडा उत्पादन भएको छ ।

  • नगदेबालीबाट रु चवालिस अर्ब

    जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ ।