Sunday October 21, 2018  
   | 

खरिद-विक्री

  • स्कुसबाट लाखौंको आम्दानी

    एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले लाखौंको आम्दानी गर्नुभएको छ । यस वर्ष उहाँले एक हजार ४०० क्विन्टल स्कुस बिक्री गर्नुभएको छ । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उहाँले स्कुस बिक्री गर्नुभएको हो ।

  • सुन्तला व्यावसायिक खेती बन्दै

    जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् । दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साटने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्ममा आम्दानी हुन थालेकाले यो सुनको रुपमा स्थापित भएको कृषक किसान राईले बताउनुभयो ।

  • माछापालनबाट लाखौं आम्दानी

    बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आउनुभएको छ । दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु एक लाख लगानी गरी दुईवटा पोखरीमा माछापालन गर्नुभएको थियो । हाल उहाँले रु ३६ लाख लगानी गरेर सात बिगाहा जग्गामा सातवटा पोखरी निर्माण गर्नुभएको छ ।

  • बर्सेनि चिराइतोको मूल्य ओरालो

    आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्से्नि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो लगाएका माबु–७ का फुर्वा शेर्पाले भन्नुभयो ।

  • बाँस बेचेरै लखपति

    सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् । एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो । काँडे, मध्यम र मोटो प्रजातिका गरी तीनथरिका बाँस सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् ।

  • भैंसी पालन लोप हुँदै

    पाल्पा जिल्लामा पालिएका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय उन्नत् जातका गाई तर्फ आकर्षण बढ्दै गएपछि भैंसी लोप हुन लागेको हो । भैंसीबाट सोचे अनुरुप उत्पादनलिन नसकिने र उत्पादनलिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैंसी पाल्ने किसानको सङ्ख्या न्यून छ ।

  • अकबरेकोे स्वाद मात्रै होईन दाम पनि उत्तिकै राम्रो

    खाँदा मुखमा पोले पनि पेट नपोल्ने यो खुर्सानी दैनिक दुईवटा सेवन गर्दा ग्याष्ट्रिक र कम रक्तचाप भएका व्यक्तिका लागि बढी लाभदायक हुने पारखीहरु बताउँछन् । अरु खेतीको तुलनामा कम मेहनत पर्ने र खासै रोग पनि नलाग्ने मात्रै हैन बिक्री हुँदैन कि भन्ने चिन्ता पनि लिन नपर्ने अकबरे खुर्सानी !

  • आफैँ किसान, श्रमिक अनि साहु

    आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो ।

  • अदुवा बिक्री नहुँदा समस्या

    भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् । भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन् ।

  • महिला तरकारीखेतीतर्फ आकर्षित

    तरकारी खेतीमा लागेपछि घरपरिवार चलाउन सहज हुनुका साथै महिलाको आर्थिक अवस्था बलियो भएको छ । “वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म बचत गर्ने गरेका छौँ,” भट्टले भन्नुभयो । समूहमा आबद्ध भएसँगै अहिले किसान परियोजनाले तरकारीखेती गर्न प्राविधिक सहयोग गरेपछि उनीहरुलाई सजिलो भएको छ ।