Wednesday July 18, 2018  
   | 

खरिद-विक्री

  • माछा र फलफूलमा बिमा गर्ने बढ्दो

    कृषिलाई व्यावसायिक बनाउँदै आयत घटाउनेलगायतका उदेश्य राखेर थालिएको कृषि बिमाअन्तर्गत माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसान अन्य क्षेत्रको दाँजोमा बढेका छन् । कृषि विभागले सोमबार आयोजना गरेको पहिलो चार महिनाको समीक्षाले तरकारी र मुख्य खाद्यान्न बालीको दाँजोमा माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसानको संख्या वृद्धि भएको देखाएको छ ।

  • च्याउबाट लाखौँको आम्दानी

    रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ । विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो । सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ ।

  • गाईबाट वार्षिक दशलाख कमाइ

    कञ्चनपुरको भीमदत्तनगरपालिका– २ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गर्नुभएको छ । एक वर्षअघि सञ्चालनमा ल्याइएको गाई फार्मबाट दूध बेचेर उहाँले वार्षिक रु दश लाख भन्दा बढी आम्दानी लिने गर्नुहुन्छ ।

  • किसानले अलैँचीको भाउ पाएनन्

    अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् ।

  • बाँझो जमिन अब हराभरा

    खेती गर्ने कोही नभएर बाँझो पल्टिएको आफन्तको बारीलाई एक किसानले हराहरा बनाएका छन् । मल्म–९ झिर्काका तिलबहादुर थापाको परिश्रमले बसाइँसराइका कारण रित्तिँदै गएको सोही वडाको खाली भन्ने गाउँमा केही आशा जगाएको छ । ससुरालीका सबै सदस्य विदेश गएपछि थापाले घर, गोठ, बारी, खर्क सम्हाल्दै आएको तीनवर्ष बितिसकेको छ ।

  • अलैची कारोबार पुन: सुचारु

    नोटमा बन्देज लगाएपछि भारतीय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआएपछि नेपालका व्यवसायीले सुचना निकालेरै कारोबार बन्द गरेका थिए । अहिले झापाको विर्तामोडमा प्रति मन ५४ हजार र ताप्लेजुङमा ५२ हजारमा अलैचीको कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन् ।

  • सुन्तलाले उचित मूल्य पाएन

    सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् ।

  • अदुवाखेतीप्रति किसानको आकर्षण घट्दै

    अदुवाको मूल्य बर्षेनि ओरालो लाग्न थालेपछि यहाँका किसानको अदुवा खेतीप्रति आकर्षण घट्न थालेको छ । उचित मूल्य नपाउनु र अदुवा कुहिनुका साथै स्थानीय बजारमा खपत हुन नसकेका कारण पनि उनीहरुले अदुवाखेती गर्न छाडेका हुन् ।

  • चिज उद्योगमा निजी क्षेत्र अगाडि

    जिल्लाका निजी चिज उद्योगहरू क्षमता, व्यवस्थापन, कृषकलाई दिने सेवा र सुविधामा सरकारीभन्दा अगाडि रहेका छन् । चिज उद्योगले खपत गर्ने दूधको परिमाण र उत्पादनमा पनि निजी अगाडि देखिन्छ । जिल्लाका दुई दर्जन धेरै निजी चिज उत्पादन केन्द्रमा दैनिक १२ हजार लिटरसम्म दूध खपत हुने गरेको छ ।

  • आलुको बीउ पनि भारतकै भर

    सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् । अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् ।