Tuesday January 23, 2018  
   | 

खरिद-विक्री

  • किसानले उखुको मूल्य पाऐ

    सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान र चिनी उद्योगीबिचको संयुक्त बैठकमा उखुको मुल्य तोकिएको हो । यसअघि किसानले उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैयाँ माग मागेका थिए उद्योगीले प्रति क्विन्टल ५ सय १३ रुपैयाँ भन्दा बढी दिन नसक्ने अडान राखेका थिए ।

  • कृषक व्यावसायिक माछापालनमा

    अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो ।

  • कृषक उखुखेतीबाट विस्थापित हुँदै

    उखु खेतीबाट जीविका नचल्ने देखेपछि चौधरीले छोरा विजयलाई नौ महिनाअघि वैदेशिक रोजगारीमा पठाउनुभयो । उहाँ भन्नुहुन्छ, “लगानी नउठ्ने भएपछि खेती गरेर फाइदा छैन ।” उहाँभन्नु हुन्छ, “उखु समयमा बिक्री नहुँदा तौल घटेर घाटा हुन्छ । यो जिल्लाका बहुसङ्ख्यक कृषक उखुखेतीबाट विस्थापित हुन थालेका छन् ।

  • फलफूलमा आत्मनिर्भरको योजना अलपत्र

    रकारले फलफूल दशक सञ्चालन कार्यविधि तयार गरेको भए पनि कार्यान्वयनमा कुनै छनक देखिएनको छैन फलस्वरुप फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत देखिएको छ । गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आव २०७३/०७४ देखि आव २०८२/०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो ।

  • झोलमोलबाट विषादीरहित उत्पादन

    काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस–८ स्थित कल्छेबेसीमा कृषकले झोलमोलको प्रयोग गरी सुरक्षित खाद्य उत्पादन थालेका छन् । जलवायुमैत्री गाउँ परियोजना सञ्चालन भएपछि महिला कृषक समूहको संलग्नतामा सो उत्पादन सुरु भएको हो । श्रमजिवी महिला कृषक समूहका अध्यक्ष विमला बजगाईं विषादीरहित तरकारी उत्पादन गर्न झोलमोलको प्रयोग गर्दै आएको बताउनुहुन्छ ।

  • बिचौलियाको मारमा अदुवा किसान

    मसलाजन्य परिकारहरु बनाउन प्रयोग गरिने अदुवाको स्वदेशमा नै खपत हुन नसक्दा भारतीय बजारमा निर्यात हुने गर्दथ्यो । विभिन्न बहानामा भारतमा समेत नेपाली अदुवा निर्यात हुन छाडेपछि बिचौलियाले सस्तोमा अदुवा खरिद गर्ने गरेका छन् । आफूले उत्पादन गरेको फलको मूल्य किसानले नभई बिचौलियाले पाउने गरेका छन् ।

  • रोल्पाली गहुँको बीउमा आत्मनिर्भर

    रोल्पाका नायब प्राविधिक सहायक अनिलकुमार शर्माका अनुसार आर्थिक वर्ष २०७२/७३ मा गहुँको बीउका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय बीउबिजन कम्पनी शाखा कार्यालय नेपालगन्जबाट १६० क्विन्टल गहुँको बीउ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३.७५ प्रतिशत बीउ गत वर्षको तुलनामा कम आयात गरिएको छ ।

  • न्यून मूल्यमा उखु बेच्न बाध्य

    यहाँका उखु किसानले भने जस्तो मूल्य नपाएपछि न्यून मूल्यमा उखु बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको पशुपतिनगर, किसाननगर, विजलपुरा, गौशालालगायतका उखु किसानले स्थानीय सख्खर उद्योगलाई प्रतिक्विन्टल रु ३०० मा उखु बिक्री गर्दै आएका छन् ।

  • माछा र फलफूलमा बिमा गर्ने बढ्दो

    कृषिलाई व्यावसायिक बनाउँदै आयत घटाउनेलगायतका उदेश्य राखेर थालिएको कृषि बिमाअन्तर्गत माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसान अन्य क्षेत्रको दाँजोमा बढेका छन् । कृषि विभागले सोमबार आयोजना गरेको पहिलो चार महिनाको समीक्षाले तरकारी र मुख्य खाद्यान्न बालीको दाँजोमा माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसानको संख्या वृद्धि भएको देखाएको छ ।

  • च्याउबाट लाखौँको आम्दानी

    रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ । विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो । सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ ।