Tuesday January 23, 2018  
   | 

खरिद-विक्री

  • प्रांगारिक मलको बिक्री सुरु

    काठमाडौं उपत्यकासहित अन्य सहरी क्षेत्रमा कौसी तथा गमलामा गरिने तरकारी खेतीको लागि प्रांगारिक मलको बिक्री वितरण सुरु भएको छ । गौतमश्री अर्गा्निक गाई फार्मले काठमाडौंको कुलेश्वरमा प्रांगारिक मलको बिक्री वितरण सुरु गरेको हो ।

  • महिला घरेलु उद्योगतर्फ आकर्षित

    रोल्पाका महिला साना उद्योगतर्फ आकर्षित भएको देखिएको छ । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पामा पछिल्ला दिनमा दर्ता भएका साना उद्योगमध्ये अधिकांश महिलाले सञ्चालन गर्ने गरी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

  • देशकै नमुना स्रोतकेन्द्र बन्दै सुलुबुङ

    उत्तरी सुलुबुङ गाविसलाई उन्नत गाईको स्रोतकेन्द्रको रूपमा अघि बढाइएको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र गाईपालेर दूध उत्पादन गर्ने किसानले अहिले गाईपालनलाई व्यावसायिक रूप दिन थालेका छन् ।

  • मकैको बीउबाट लाखौँ आम्दानी

    सदरमुकाम लिबाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ । यस्तै जङ्कोटको प्रगतिशील कृषि महिला सहकारी संस्थाले पनि बीउ बिक्रीबाट रु ६० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

  • धान उत्पादन हालसम्मकै उच्च

    खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो ।

  • व्यावसायिक रुपमा खरायोपालन

    राम्चेका सुनिता पुर्जाले व्यावसायिक रुपमा खरायोपालन गर्दै आएकी छन् । उत्पादन भएको खरायो सुकुटी बनाएर पोखरा काठमाडौँ पु¥याउँदै आएको बताउने पुर्जाले अहिले व्यवस्थित रुपमा तीन दर्जन खरायो पालेको बताइन् । खरायोपालनमा लगानी र समय कम खर्चिनु पर्ने भएकाले व्यावसायिक रुपमा गाउँका अधिकांशले खरायोपालन गर्दै आएको स्थानीयवासी टेलीमाया गबुर्जाले बताइन् ।

  • किसानद्धारा कृषक हितकोष स्थापना

    म्याग्दीको भकिम्ली–२ छेपारेका बासिन्दाले कृषक हितकोष स्थापना गरेका छन् । छेपारेमा रहेको मिलीजुली कृषक समूहले एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो । समूहमा आबद्ध १६ जना कृषकले मासिक रुपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत भएको आम्दानीले कोष स्थापना गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिनुभयो ।

  • उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि

    ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो । रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताउनुभयो ।

  • उन्नतजातको गहुँकोे बीउ अभाव

    उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहुँकोे बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ । प्रतिहेक्टर एक सय २० किलोको दरले गहुँ छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहुँकोे बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

  • मकै र तरकारी खेतीको ब्लक आयोजना सुरु

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी र मकै खेतीको ब्लक आयोजना सुरु भएको हो । बेनी नगरपालिका क्षेत्रमा तरकारी खेती र नगरपालिकासहित भकिम्ली, बरङ्जा र अर्मन गाविसमा मकै खेतीको आयोजना लागू भएको कृषि विकास कार्यालयले जनाएको छ ।