Sunday October 21, 2018  
   | 

खरिद-विक्री

  • कृषक अन्य विकल्पको खोजिमा

    केराखेतीमा उत्पादन लागत बढेको, मूल्य तथा बजार निरन्तररुपमा ओरालो लागेका कारण २० बिघा क्षेत्रफलबाट उहाँ पाँच बिगाहा केराखेती घटाउन बाध्य हुनुभयो । उहाँले सुरुमा प्रति बिगाहा रु एक लाख लगानी गर्दा रु तीन लाखसम्मको आम्दानी भएकोमा अहिले आएर केराखेतीमा प्रति बिगाहा रु दुई लाखसम्म लगानी गर्दा पनि रु एक लाखसम्म पनि आम्दानी हुन नसकेका कारण केराखेती घटाएको बताउनुहुन्छ ।

  • तरकारी खेती गरेरै मालिक

    व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो ।

  • महिला सामूहिक च्याउखेती गर्दै

    मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् ।

  • पैँचो बाख्राबाट लाखौँ आम्दानी

    हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ बराबरको आम्दानी भएको हो ।

  • अकबरे खुर्सानीबाट रु बाईस लाख

    जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो ।

  • पाल्पामा सुन्तला उत्पादन बृद्धि

    यस वर्ष पाल्पाबाट रु. १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसँगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

  • किसानले मिल्क ‘होलिडे’को समस्या भोग्नु नपर्ने

    दुग्ध विकास संस्थानले विराटनगरको धुलो दूध कारखानामा एघार करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता तेब्बर बनाउने भएको छ। धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले मिल्क ‘होलिडे’को समस्या भोग्नु नपर्ने बताउँदै प्रबन्धक सिम्खडाले यस क्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरीद गर्ने दाबी गरे ।

  • अर्गानिक खेतीबाट वार्षिक चालिस लाख आम्दानी

    सङ्खुवासभा घर भई काभ्रेको बालुवापाटी–२ रोहिणीमा नगरकोट एग्रिकल्चरल रिसर्च फार्मको नामबाट फार्म दर्ता गरी काम गर्दै आउनुभएका देवी सिलवाल उदाहरणीय व्यक्ति हुनुहुन्छ । उहाँले अर्गानिक तरकारी खेतीबाट वार्षिक रु ४० लाख आम्दानी गर्दै आउनुभएको छ ।

  • कृषक व्यावसायिक सुपारीखेती गर्दै

    गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् । प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । पछिल्लो समय व्यावसायिक सुपारीखेती गर्दै आएका उत्तरी मोरङका किसानको जीवनस्तर उकासिँदै गएको छ ।

  • इलाममा करोडौंको सुन्तला उत्पादन

    इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जि्लिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् ।