Sunday October 21, 2018  
   | 

खरिद-विक्री

  • जागिरे छाडेर व्यावसायिक गाईपालन

    रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो ।

  • म्याग्दीको अल्लो र ढाका कपडा विदेश निकासी

    म्याग्दीका उद्यमीले तयार पारेको अल्लोे र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताउनुभयो ।

  • स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदैं

    कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदैं गएपछि तरकारी आयातमा कमी आएको हो ।

  • अल्लोबाट सीपको सदुपयोग र आम्दानी

    उद्यमीहरुको सुविधाका लागि सात वर्षअघि स्थापित केन्द्रमा हाल १० जनाले अल्लोको धागोबाट कपडा र सातजनाले ढाका बुन्दै आउनुभएको छ । उनीहरुले मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । “फुर्सदिलो समयको सदुपयोग गरेका छौँ”, हुन्छ,” छन्त्यालले भन्नुभयो ।

  • कृषि स्थायी पेसा

    लिवाङ–६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले वार्षिक रु १६ हजार तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आउनुभएको छ ।

  • मुलुक कृषि प्रधान देश भनिए पनि खाद्यान्न सधैं अपुग

    झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ । विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुनेगथ्र्याे । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।

  • कृषकद्धारा दुग्धको मल्य बढाउन माग

    दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन माग गरेका हुन् ।

  • लमजुङमा भेँडीगोठबाट करोडौंको आम्दानी

    लमजुङको विभिन्न भागमा रहेका भेँडीगोठबाट करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार भेँडीगोठमा रहेका भेँडाको मासु तथा ऊन बिक्रीबाट मात्रै १० करोड बढी रुपैयाँ आम्दानी भएको छ ।

  • चौँरीगाईको चिज उत्पादनमा कमी

    सोलु आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका छन् । तर पछिल्लो समय चिज उत्पादनमा कमी आएको छ ।

  • कृषक च्याउ खेतीप्रति आर्कषित

    विसं २०७०/७१ मा १५ हजार ४०० प्याकेट च्याउबाट ६० मेट्रिक टन, २०७१/७२ मा २२ हजार प्याकेट च्याउबाट ८० मेट्रिक टन च्याउ उत्पादन भएको छ । विसं २०७२/७३ मा २६ हजार ५०० प्याकेट च्याउबाट ११२ मेट्रिक टन उत्पादन भई रु दुई करोड २४ लाख बराबरको आम्दानी जिल्लामा भित्रिएको छ ।