Tuesday October 23, 2018  
   | 

खरिद-विक्री

  • चौँरीगाईको दूध बेचेर लखपति बन्दै

    हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । हिमाली क्षेत्रको पहिचानका रुपमा पालिने चौँरीगाइले यहाँका किसानलाई आर्थिक रुपमा बलियो मात्रै बनाएको छैन, गाउँमा केही प्रगती हुँदैन भन्दै विदेशीने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।

  • लसुन खेतीमा आत्मनिर्भर बन्दै

    सरकारको ‘एक नगर एक उत्पादन’ कार्यक्रमअन्तर्गत लसुन खेती पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी रामपुर नगरपालिकालाई पकेट क्षेत्र घोषणा गरिएको छ ।

  • सेनाको जागिर छाडेर बङ्गुरपालन

    एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लाग्नुभएपछि उहाँ अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिनुभएको छ । उहाँले रु २० लाखको लगानीमा फार्म सञ्चालन गर्नुभएको हो ।

  • नौ हजार मेट्रिक टन माछा उत्पादन

    सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।

  • च्याउ खेतीबाट सोचेजस्तै आम्दानी

    च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ ।

  • डेढ अर्ब बढीको अदुवा उत्पादन

    प्रतिमन एक हजार तीन सय ५० ले बिक्री भएको हो । अदुवा बिक्रीबाट जिल्लामा एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० रूपैयाँ भित्रिएको छ ।

  • सुन्तलाबाट १५ करोडको आम्दानी

    यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ ।

  • एक करोडको लगानीमा गाईफार्म

    मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि रु एक करोडको लगानीमा गाईफार्म सञ्चालन गर्नुभएको छ । सुरुमा रु ३४ हजारमा एउटा गाई पाल्नुभएका रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाउनु भएको हो । जिल्लाकै ठूलो लगानीमा सञ्चालित गाईफार्म हेर्नेको अहिले दिनहुँ घुइँचो लाग्ने गरेको छ ।

  • दूध बेचेर लाखौँ आम्दानी

    जिल्लाको सिङ्गाका कृषकले दूध बेचेर गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्र्याउने गरेका छन् । बेनी नगरपालिका– १३ र १४ मा पर्ने सिङ्गाका कृषकले दूधबाट पछिल्लो एक वर्षको अवधिमा रु पैँतालीस लाख भित्र्याएका हुन् । सिङ्गामा रहेको जनभावना दुग्ध सहकारी संस्थामा आबद्ध कृषकले दैनिक २५० लिटरका दरले दूध बिक्री गर्दै आएका छन् ।

  • तरकारी बेचेर ट्याक्टर खरिद

    महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् । मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सक्ने उदाहरण बनेका छन् जिल्लाको धिरापुर गाविस–९ बरदाहा बस्ने किसान काशिम राइन । मात्र एक वर्षको अवधिमा तरकारी बेचेर कमाएको पैसाले ट्याक्टर खरिद गर्न उनी सफल भएका छन् ।