Wednesday July 18, 2018  
   | 

खरिद-विक्री

  • अलैँचीखेतीप्रति किसानको मोह घट्दै

    काठमाडौं । इलाममा अलैँचीको बिरुवा बिगतमाझै उत्साहका साथ बिक्री हुन छाडेको छ । अलैँचीको दाम कमी हुँदै जानुका साथै किसान आफैँले बिरुवा उत्पादन गर्न थालेका कारण बिरुवा बिक्न छोडेका हुन् । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ ।

  • पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित

    काठमाडौं । कफीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पाका किसान व्यवसायिक कफी खेतीतर्र्फ आकर्षित हुँदै गएका छन् । कफी खेती गर्न थालेसँगै किसानको आर्थिक अवस्थामा समेत सुधार आएको छ । जिल्लामा करिब एक हजार किसानले कफी खेतीबाट आम्दानी गर्दैआएका छन् ।

  • धनकुटामा कालो सुनले मूल्य पाएन

    अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ ।

  • सुन्तलाको बिरुवाबाट लाखौं आम्दानी

    व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर यहाँका एक किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका हन् ।

  • कागती बेचेरै करोडपति

    झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो ।

  • कृषि उपजको औसत मूल्य घटदै

    जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबेंसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो

  • पाँचथरमा अलैँचीको बिरुवा बिक्री गर्न समस्या

    अलैँचीको बिरुवा बिक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिकरुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा बिक्री नभएकामा चिन्तित छन् ।

  • पाँचथरमा कृषि उपजको उत्पादन वृद्धि

    कृषिको व्यवसायीकरणसँगै कृषि उपजको उत्पादनमा पनि वृद्धि भएको र त्यसलाई बाहिरी जिल्लामा समेत बिक्री गरेर यहाँका किसानले उक्त रकम भित्रयाएका हुन् ।जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँचथरबाट करिब तीन अर्ब मूल्यबराबरको कृषि उपज बाहिरी जिल्लामा गएको छ ।

  • सिरहामा आँप उत्पादन कमी

    आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • झापामा नौ लाख बढी बिरुवा वितरण गर्दै

    यस वर्ष झापामा नौ लाख ५० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लामा टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरिस, कदमलगायत उक्त परिमाणको बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्य रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।