Sunday October 21, 2018  
   | 

व्यवसाय

  • किसान परियोजनाबाट बदलिएको जीवन

    रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् । आम्दानीका लागि निकै सङ्घर्ष गर्नुभएका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि उहाँको जीवन बदलिएको हो ।

  • इलाम जिर्मलेकै नमुना कृषक निमा

    जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ ।

  • धनकुटाका कृषकलाई सूचना सामाग्री वितरण

    प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

  • स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदैं

    कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदैं गएपछि तरकारी आयातमा कमी आएको हो ।

  • अल्लोबाट सीपको सदुपयोग र आम्दानी

    उद्यमीहरुको सुविधाका लागि सात वर्षअघि स्थापित केन्द्रमा हाल १० जनाले अल्लोको धागोबाट कपडा र सातजनाले ढाका बुन्दै आउनुभएको छ । उनीहरुले मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । “फुर्सदिलो समयको सदुपयोग गरेका छौँ”, हुन्छ,” छन्त्यालले भन्नुभयो ।

  • नौ वर्षपछि स्वदेश फर्किएर कृषि पेसा अँगाल्दै

    झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो । नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो ।

  • पैसा फल्ने बोट: तरकारी व्यवसाय

    व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।

  • इलाममा चिया प्रशोधन सुरु

    जिल्लामा चियाको प्रशोधन सुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा चिया पु¥याउन टिपेर प्रशोधन थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।

  • बर्दिवासका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित

    महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीतिर आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भङ्गाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् ।

  • आधुनिक यन्त्रको प्रयोग बढाइँदै

    व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ ।