Sunday October 21, 2018  
   | 

व्यवसाय

  • बाँझो जमिनमा टिमुरखेती

    बेनी नगरपालीका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य सङ्घले तोरीपानीको भुमेसिद्ध टिमुर सञ्जालमा आबद्ध १५० कृषकलाई चार हजार बिरुवा वितरण गरेको हो ।

  • किसान ट्राउट माछापालनप्रति आकर्षित

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् ।

  • कृषकद्धारा सुन्तलाखेतीमा नयाँ प्रविधि

    म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो ।

  • ग्रामीण उद्यम तथा विप्रेषण आयोजना सुरु

    वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ ।

  • जागिरे छाडेर व्यावसायिक गाईपालन

    रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो ।

  • धादिङका कृषक अलैँचीखेतीतर्फ आकिर्षत

    मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् ।

  • बगरखेतीबाट मनग्य आम्दानी

    बनहरा मुक्तकमैया शिविरका ७० वर्षीय घुम्मन राना झन्डै अढाई दशक साहुको घरमा कमैया बस्नुभयो ।परिवारको आर्थिक अवस्थाका कारण लामो समय अर्काको घरमा काम गरेर जीविका चलाएका राना अहिले बगरखेतीबाट मनग्य आम्दानी गरेर समूहमा बचत गर्न थालेका छन् ।“सुरुवाती

  • विदेशबाट फर्किएर पशुफर्म संचालन

    स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ संकल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गर्नुभएको हो ।

  • कृषकलाई प्रोत्साहन गर्न अनुदान

    सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो ।

  • बर्दियामा कृषि पकेटक्षेत्र विस्तार

    प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेटक्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ । प्राविधिक कार्यदल तथा कृषिसेवा केन्द्रबाट सिफारिस भई रित पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनोट गरी पकेटक्षेत्र विस्तार गर्ने कार्य सुरु भएको हो ।