Sunday October 21, 2018  
   | 

व्यवसाय

  • च्याउ व्यवसायबाट लखपति

    काठमाडौं । उपभोक्ताको बढ्दो माग, कम लगानी र छोटो समयमा च्याउ व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । पाल्पा रामपुरका कृषक बलबहादुर रानालाई यतिबेला यसतै भएको छ, च्याउ बिक्री गर्दैमा दिन बित्ने गरेको छ । रानालाई यतिखेर बजारको बढ्दो मागलाई धान्न मुस्किल परेको छ ।

  • घरैमा दूध बिक्रि

    काठमाडौं । पछिल्लो समय गाउँ गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातको गाईपालन गरी दूध उत्पादन गर्न थालेका छन् । ललितपुरको महालक्ष्मी-७ का अम्बिका बस्नेतले गाईपालनबाट बार्षिक ५ लाख चार हजारसम्म आम्दानी गर्दै आउनु भएको छ ।

  • तेह्रथुमका कृषक तरकारीखेतीप्रति आर्कषित

    आर्थिक वर्ष २०७३/७४ मा तेह्रथुम जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए ।

  • पाल्पाबाट करोडौंकोे तरकारी निर्यात

    परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो ।

  • स्वदेशमै पशुपालन व्यवसाय

    मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभएको हो ।

  • छथरको अकबरे लोकप्रिय कोसेली

    तेह्रथुमको छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको लोकप्रिय कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् ।

  • स्वदशमै बाख्रापालन व्यवसाय शुरु

    पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ ।

  • उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन

    चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताउनुभयो ।

  • सरकारद्धारा स्वदेशी उद्योगको संरक्षण गरियोस् !

    नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ ।

  • तेह्रथुमका कृषक आलुखेतीतर्फ आकर्षित

    आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा रु ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो ।