Tuesday October 23, 2018  
   | 

कृषि बजार

  • स्वदेशमै मासिक डेढलाख आम्दानी

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ । वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ ।

  • व्यावसायिकरूपमा कागती खेती

    अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपमा कागती खेती शुरु गर्नुभएको छ ।

  • विदेशबाट आयात गरीे बाख्रापालन

    पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् ।

  • दाङ्मा व्यावसायिक केराखेती शुरु

    दाङ तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गर्नुभएको छ । आफ्नो पाँच बिगाहा जमिन र अरु पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिनुभयो ।

  • धनकुटामा कालो सुनले मूल्य पाएन

    अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ ।

  • तेह्रथुममा दूध उत्पादन बढ्दो

    जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो

  • अलैँची किसान चिन्तित

    “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसाईंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थप लगानी पनि बढाए ।

  • मनाङमा स्याउ उत्पादन वृद्धि

    स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो ।

  • इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

    जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ ।

  • एकसय तीनवटा परियोजनालाई चालिस करोड तीस लाख सहयोग

    कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ ।