Sunday April 22, 2018  
   | 

कृषि बजार

  • बेमौसमी काँक्रो बजारमा

    क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् । पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याएका हुन् ।

  • अदुवाको परिकारबाट लाखौँ आम्दानी

    अदुवाको मूल्य भनेजस्ता नपाएर अधिकांश किसानको बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर इलामकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन् । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरेका हुन् ।

  • अलैँचीको मूल्यमा भारी गिरावाट

    तेह्रथुम म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ९४० किलो० रु २५ हजारको दरले खरिद गरे । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन् ।

  • पाल्पाबाट करोडौंकोे तरकारी निर्यात

    परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो ।

  • स्वदेशमै पशुपालन व्यवसाय

    मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभएको हो ।

  • स्वदेशमै उत्पादन बढाउन जोड

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली चिया, कफी, अलैँची र हाते कागजको विश्वमा माग बढ्दै गए पनि स्वदेशमा पर्याप्त उत्पादन नभएकाले पहिले उत्पादन बढाउन जोड दिनुभएको छ । उहाँले नेपालमा कृषिको अथाह सम्भावना भए पनि पर्याप्त उत्पादन भने गर्न नसकेको जानकारी दिनुभयो ।

  • पाल्पाका कृषक गाईभैँसीपालनतर्फ आकर्षित

    पाल्पा डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।

  • स्वदेशमै मासिक डेढलाख आम्दानी

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ । वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ ।

  • व्यावसायिकरूपमा कागती खेती

    अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपमा कागती खेती शुरु गर्नुभएको छ ।

  • विदेशबाट आयात गरीे बाख्रापालन

    पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् ।