Sunday April 22, 2018  
   | 

कृषि बजार

  • करोडौंको आलु उत्पादन

    गत आर्थिक वर्ष २०७१/ ७२ मा जिल्लाका विभिन्न स्थानका कृषकहरुले उत्पादन गरेको आलुको खरिद बिक्रीबाट ४४ करोड ९० लाख रुपैयाँको कारोबार भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष म्याग्दी जिल्लाभित्र २५ करोड ५१ लाख रुपैयाँको आलु खपत भएको छ ।

  • आँप उत्पादनमा वृद्धि

    जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । जिल्लामा अम्रपाती, दशहरी, चल्लिका, लङ्गडा, माल्दा, चौसा आदि उन्नत जातका आँपको खेती हुने गरेको छ ।

  • लसुनको मूल्य वृद्धि

    करिब ६ महिना अघि प्रतिकिलो रु १५० मा पाइने लसुनको मूल्य हाल रु ३२५ पुगेको छ । असन, जमल, गङ्गबु, मरु आदि क्षेत्रमा लसुनको मूल्य पसलैपिच्छे फरक-फरक रहेको पाइएको छ । खुद्रा रुपमा खरिद गर्दा लसुन प्रति पाउ रु ६० देखि रु ८० सम्म पर्छ ।

  • सात करोडको तेजपात उत्पादन

    उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै रु सात करोडको तेजपात उत्पादन भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो ।

  • मासु आयात दर घटाउन बाख्रा मिसन कार्यक्रम ल्याइने

    काठमाडौं । मासुको आयात दर घटाउन सरकारले तीन बर्षीय बाख्रा मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यस कार्यक्रमअन्तर्गत ४० वटा बाख्रा पाल्ने वा १०, १०..

  • दूध गाउँमै खपत

    उदयपुर । स्थानीय उद्यमीले दुधको विभिन्न परिकारहरु बनाउन थालेपछि उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानीयरुपमै खपत हुन थालेको छ । विगतमा स्थानीयरुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा प्याक्नु पर्ने बाध्यता थियो ।

  • मासु आयात दर घटाउन बाख्रा मिसन कार्यक्रम ल्याइने

    काठमाडौं । मासुको आयात दर घटाउन सरकारले तीन बर्षीय बाख्रा मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमअन्तर्गत ४० वटा बाख्रा पाल्ने वा १०, १० वटा बाख्रा पाल्ने दश समूहलाई वोयर, खरी र जमुनापारी जातका बोका निःशुल्क उपलब्ध गराइनेछ ।

  • गोलभेँडा खेतीबाट लाखौं आम्दानी

    दाङ, १२ पुस । यहाँका दुई युवाले जग्गा भाडामा लिएर व्यावसायीक गोलभेँडा खेती गरेर लाखौंको आम्दानी गर्ने गरेका छन् । जिल्लाको लमही–२ सिसहनियाका श्रीधर पुन र टिकुलीगढका श्रीधर वलीले व्यावसायिक तरकारी खेती गर्नुभएको हो । विदेशबाट आयात हुने गोलभेँडालाई थोरै भएपनि कम गर्ने लक्ष्यका साथ खेती गरिएको पुनले बताउनुभयो ।

  • चामलमा परनिर्भरता बढ्यो, खाद्यान्न वचत ऋणात्मक हुने संकेत

    ९ पुस, काठमाडौं । भूकम्प, असामान्य मौसम, तथा लगातारको राजनीतिक अस्थिरताका कारण वर्ष नेपालको खाद्यान्न बचतमा गम्भीर असर पर्ने देखिएको छ । भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण धान र कोदोको उत्पादन घटेको छ । अन्य खाद्यान्नको उत्पादन पनि खासै नबढेपछि

  • सिस्नोको उपयोगिता र महत्व

    ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।