Tuesday August 21, 2018  
   | 

कृषि

  • झापामा उत्पादित मरिच बिक्री हुन सकेन

    काठमाडौं । झापामा उत्पादित मरिच बिक्रि नहुँदा किसान मारमा परेका छन् । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेका हुन् । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् ।

  • किसानले आँपको मूल्य पाऐन

    काठमाडौं । आँपको उचित मूल्य नपाउँदा महोत्तरी जिल्लाका किसान निरास भएका छन् । जिल्लाका किसानकोे मुख्य व्यवसाय नै आँप खेती भएका र कम मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने भनेर निरास बनेका हुन् ।

  • नेपाललाई धानमा आत्मनिर्भर बनाउन सम्झौता

    काठमाडौं । धान नेपालको प्रमुख खाद्यान्नबाली रुपमा मानिन्छ । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ।

  • अलैँचीखेतीप्रति किसानको मोह घट्दै

    काठमाडौं । इलाममा अलैँचीको बिरुवा बिगतमाझै उत्साहका साथ बिक्री हुन छाडेको छ । अलैँचीको दाम कमी हुँदै जानुका साथै किसान आफैँले बिरुवा उत्पादन गर्न थालेका कारण बिरुवा बिक्न छोडेका हुन् । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ ।

  • धानको बीउ बैंकमा संरक्षण

    काठमाडौं । एक दशकदेखि सञ्चालन हुँदैं आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् ।

  • कुलो निर्माणले कृषकलाई सहज

    काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएसँगै कृषकलाई खेती गर्न सहजता भएको छ । असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएको स्थानीय कृषकले बताएका छन् ।

  • विद्यार्थी तरकारी खेती गर्दैं

    काठमाडौं । आफूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न विद्यालयका विद्यार्थी तरकारी खेती गर्न थालका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लाई व्यवहारमा उतार्न थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो ।

  • कृषक बोयर बाख्रापालनतर्फ आकर्षित

    काठमाडौं । बोयर जातका बाख्रापालन तर्फ किसानका आर्कषण बढ्दै गएको छ । बोयर जातको बाख्राको तौंल सजिलै बढ्ने र आम्दानीे पनि राम्रो हुने देखी पछि कृषक पछिल्लो समय बोयर बाख्रापालन प्रति आर्कषित भएका हुन् ।

  • स्थानीय जातको धान रोगसँग लड्न सक्छ!

    काठमाडौं । देशका अधिकांश जिल्लामा स्थानीय जातको धानको बीउ हराउदै जान थालेको छन् । आज भन्दा तीन दशक पहिले चितवान जिल्लाका किसानले ३१२ जातका धान खेती गर्ने गर्दथे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् ।

  • जुकाले तरकारी उत्पादनमा कमी

    काठमाडौं । जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । गोलभेंडा, काउली, आलु, खुर्सानीलगायतका तरकारीको जरामा लाग्ने जुकाका कारण किसानले भने जस्तो उत्पादन लिन नसकेको हो । जरामा लाग्ने जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउका साथै उत्पादन पनि कम मात्र हुने गर्दछ ।