Tuesday October 23, 2018  
   | 

कृषि अनुदान

  • अलैँचीका बिरुवा वितरण

    जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल, विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो

  • अनुदान विवरण अब वेबसाइटमा

    सरकारले कृषि क्षेत्रका अनुदानका कार्यक्रमलाई वेबसाइटमा राख्न अनिवार्य गरेको छ । आउँदो आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन ल्याइएको अनुदानका सबै कार्यक्रमका बारेमा कृषि मन्त्रालयको वेबसाइटमा सम्पूर्ण जानकारी राख्ने तयारी भएको हो ।

  • १२ जर्सी गाई वितरण

    ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम कार्यक्रम अन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा १२ जना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण जर्सीगाई वितरण गरेको हो ।

  • किसान हाते ट्रयाक्टरतर्फ आकर्षित

    जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् । गत आवमा जिल्लाका अगुवा सात जना किसानलाई मात्र वितरण गरिएको ट्र्याक्टरका लागि चालु आवमा ४५ जनाले माग फारम भरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • अनुदानमा धानको बीउ वितरण

    जिल्ला कृषि विकास कार्यालय सर्लाहीले ४० प्रतिशत अनुदानमा किसानहरुलाई धानको बीउ वितरण गर्न सूरु गरेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका २० वटा डिलरहरु मार्फत किसानहरुलाई अनुदानमा धानको बीउ वितरण गर्न सूरु गरिएको सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीले बताउनुभयो ।

  • किसानले कृषि परिचयपत्र पाउने

    जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ । यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् ।

  • किसानलाई बीउमा अनुदान

    जिल्लाको शक्तिखोर र सिद्धी गाविसमा किसानलाई बीउमा अनुदान दिएपछि उनीहरु घ्यूसिमी खेतीतर्फ आकर्षित भएका छन् । करिब १५० भन्दा बढी किसान व्यावसायिक रुपमा घ्यूसिमी खेती गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले बीउमा ५० प्रतिशत अनुदान दिएपछि बर्से्नि खेती विस्तार तथा उत्पादन बढ्न थालेको छ ।

  • युवा किसानलाई १ करोड ब्याज अनुदान

    युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थालेको छ । हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाा ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि राष्ट्र बैंकले ९७ लाख रुपैयाा ब्याज अनुदान दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

  • तरकारीको बीउ वितरण

    बाढी, पहिरोबाट खाद्यन्न बालीमा ठूलो क्षति पु¥याएको भन्दै जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकै र तरकारीको बीउ वितरण गरेको छ । जिल्लाको शान्तिपुर, लक्ष्मीपुर, इलाम नगरपालिका र गोदक गाविसका एकहजार १०० किसानलाई घरमै पुगेर बीउ वितरण गरेको हो ।

  • मकैको बीउ अनुदानमा वितरण

    किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकैको बीउ काभ्रेपलाञ्चोकमा सरकारी कार्यालयले खरिद गरेर किसान समूहलाई नै अनुदानमा वितरण गरेको छ । जिल्लाको विभिन्न गाविसमा किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकै जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर मध्य पहाडी वृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।