Sunday April 22, 2018  
   | 

कृषि अनुदान

  • स्याउ बगैँचा व्यवस्थापन घुम्ती तालिम

    “जुम्ला र स्याउबीच अन्योन्याश्रित सम्बन्ध छ र यो सुपर जोनका रुपमा सरकारले घोषणा गरेको जिल्ला पनि हो, त्यसैले यो वर्षदेखि किसानको बगैँचामा गएर बिरुवा काटछाँट, त्यसको सिँचाइ, मलखाद, बोर्डर मिक्सर र बोर्डर पेस्ट कसरी बनाउने र त्यो कसरी लगाउने भन्ने विषयमा सिकाउँछौँ,” वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भन्नुभयो ।

  • उन्नतजातको गहुँकोे बीउ अभाव

    उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहुँकोे बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ । प्रतिहेक्टर एक सय २० किलोको दरले गहुँ छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहुँकोे बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

  • महिला पशुपालनमा आत्मनिर्भर

    महिलाले पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् । पशुपालनबाट यथेष्ट फाइदा हुने देखेपछि शिक्षण पेसा छाडेर आर्यभन्ज्याङकी सावित्रा न्यौपाने कुखुरापालनमा लाग्नुभएको छ ।

  • तरकारी खेतीमा युवालाई अनुदान

    युवा जनशक्तिलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक तरकारी खेतीका लागि १५ युवालाई रु नौ लाख अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको छ ।

  • गाई अनुदान कार्यक्रम रद्द

    भूकम्पपीडित किसानलाई राहत दिने उद्देश्यले शत्प्रतिशत अनुदानमा कोरली गाई उपलब्ध गराउने सरकारको कार्यक्रम अन्ततः रद्द भएको छ । पशुपन्छी मन्त्रालयसहित मातहतका निकायले समयमा आवश्यक प्रक्रिया पूरा नगर्दा भूकम्पपीडित किसान राहतका लागि सरकारको मुख ताकिरहेको अवस्थामा कार्यक्रम रद्द भएको हो ।

  • कृषक यान्त्रिक हलोतर्फ आर्कषित

    केही वर्ष अघिसम्म प्रत्येक घरमा हलगोरु पाल्ने चलन थियो । एक(एकवटा गोरु पालेका दुईजना मिलेर परेली गर्ने, अर्मपर्म गर्ने खेतबारी जोत्ने र बालीनालीसँगै लगाउने पनि गर्दथे । पछिल्लो समय कृषिमा आधुनिक उपकरण भित्रिएसँगै यस्तो परम्परा हट्दै जान थालेको छ ।

  • माछा र फलफूलमा बिमा गर्ने बढ्दो

    कृषिलाई व्यावसायिक बनाउँदै आयत घटाउनेलगायतका उदेश्य राखेर थालिएको कृषि बिमाअन्तर्गत माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसान अन्य क्षेत्रको दाँजोमा बढेका छन् । कृषि विभागले सोमबार आयोजना गरेको पहिलो चार महिनाको समीक्षाले तरकारी र मुख्य खाद्यान्न बालीको दाँजोमा माछापालन र फलफूल खेतीमा बिमा गर्ने किसानको संख्या वृद्धि भएको देखाएको छ ।

  • दुग्ध उत्पादनका लागि अनुदान

    कार्यक्रमअन्तर्गत ५० वटासम्म गाई वा भैँंसी पालेर दुग्ध उत्पादन गर्न चाहने कृषक समूह एवम् सहकारीलाई पशु सेवा कार्यालयमार्फत न्युनतम रु १० हजारदेखि बढीमा रु ३० हजारसम्मको अनुदानको व्यवस्था गरिएको छ ।

  • ‘सुपरजोन’ एकाइद्वारा काम सुरु

    समय सापेक्ष कृषिको आधुनिकीकरण गर्दै यसको व्यावसायिक विकास गराउने सरकारको योजना अनुसारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो परियोजना अन्तर्गत कास्कीमा सुपरजोन कार्यान्वयन एकाइ स्थापना गरिएको वरिष्ठ कृषि अधिकृत एवम् एकाइका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • भैँसी सुत्केरी भत्ताबाट बंचित

    नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् ।