Sunday April 22, 2018  
   | 

कृषि अनुदान

  • अनुदानमा हाते ट्याक्टर वितरण

    पहाडी भेगमा समेत धानखेतीका लागि समेत उपयोगी मानिने हाते ट्याक्टर जिल्लाको मण्डनदेउपुर, पाँचखाल, बेथानचोक, महाभारत, नमोबुद्ध, धुलिखेललगायतका नगरपालिका र गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • कृषकद्धारा सुन्तलाखेतीमा नयाँ प्रविधि

    म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो ।

  • कृषकलाई प्रोत्साहन गर्न अनुदान

    सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो ।

  • माछापालनका लागि चार करोडको अनुदान

    जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो ।

  • कलैयामा गहुँ उत्पादनमा कमी

    जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ २४ हजार ८२१ मेट्रिक टन कम उत्पादन भएको छ । यस वर्ष गहुँ लगाएको क्षेत्रफल घटेका कारण तथा समय समयमा असिना पानी परेकाले उत्पादनमा कमी आएको हो ।

  • आधुनिक यन्त्रको प्रयोग बढाइँदै

    व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ ।

  • युवा लक्षित: पशुपालनतर्फ दुई करोड बढी अनुदान

    स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • कृषकलाई बाली विमा गर्न आग्रह

    चैते धान खेती गर्ने कृषकलाई सरकारले अुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

  • नुवाकोटमा अनुदानमा बीउ वितरण

    जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो ।

  • कृषकलाई सिमसहित मोबाइल वितरण

    धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो ।