Wednesday July 18, 2018  
   | 

कृषि अनुदान

  • अनुदान पाउने भएपछि फलेवासका कृषक हर्षित

    काठमाडौं । पर्वत फलेवासका कृषकले कृषिमा बीउ देखि भण्डारणसम्मको अनुदान पाउने भएपिछ हर्षित भएकाछन् । यस कार्यक्रमकोे लागि फलेवास नगरपालिकाका छवटा वडाका किसानका लागि करिब रु दुई करोड २५ लाख बजेट विनियोजन समेत गरिएको छ ।

  • इलाम दूधमा आत्मनिर्भर

    काठमाडौं । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

  • अनुदानमा तरकारीको बेर्ना

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

  • त्रिशूलीका किसान बंगुरपालनतर्फ आकर्षित

    जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ ।

  • किसान मौरीपालनतर्फ आकर्षित

    जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।

  • सुदूरपश्चिमका स्याउ गाउँमै थन्किन बाध्य

    सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ ।

  • तरकारी खेतीबाट मनग्य आम्दानी

    शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ ।

  • पाँचथरमा व्यावसायिक गोलभेँडा खेती

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३/०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

  • भेडापालक कृषकका लागि अनुदान

    पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

  • अनुदानको करोडौँ रकम त्यसै फिर्ता

    जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत परशुराम यादव यस वर्ष अनुदानका कार्यक्रममा न्यून प्रगति भएको बताउनुहुन्छ । “जोसँग जग्गा छ, प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकासँग जग्गा छैन, त्यसैले क्षेत्र विस्तार हुन सकेको छैन,” उहाँले भन्नुभयो ।