Tuesday January 23, 2018  
   | 

कृषि अनुदान

  • भेडापालक कृषकका लागि अनुदान

    पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

  • अनुदानको करोडौँ रकम त्यसै फिर्ता

    जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत परशुराम यादव यस वर्ष अनुदानका कार्यक्रममा न्यून प्रगति भएको बताउनुहुन्छ । “जोसँग जग्गा छ, प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकासँग जग्गा छैन, त्यसैले क्षेत्र विस्तार हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

  • कञ्चनपुरमा केराको बिरुवा वितरण

    किसानले दश कट्ठादेखि डेढ बिघाका दरले गरी दश बिघा खेतमा केराका बिरुवा रोपेका एमडीरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो । महिलाको आयस्तरमा वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि वैज्ञानिक विधिबाट बढी फल्ने जातका केराका बिरुवा उपलब्ध गराएका छौँ” उहाँले भन्नु भयो ।

  • किसान ट्राउट माछापालनप्रति आकर्षित

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् ।

  • पोखरामा कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

    कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।

  • अनुदानमा हाते ट्याक्टर वितरण

    पहाडी भेगमा समेत धानखेतीका लागि समेत उपयोगी मानिने हाते ट्याक्टर जिल्लाको मण्डनदेउपुर, पाँचखाल, बेथानचोक, महाभारत, नमोबुद्ध, धुलिखेललगायतका नगरपालिका र गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

  • कृषकद्धारा सुन्तलाखेतीमा नयाँ प्रविधि

    म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो ।

  • कृषकलाई प्रोत्साहन गर्न अनुदान

    सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो ।

  • माछापालनका लागि चार करोडको अनुदान

    जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो ।

  • कलैयामा गहुँ उत्पादनमा कमी

    जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ २४ हजार ८२१ मेट्रिक टन कम उत्पादन भएको छ । यस वर्ष गहुँ लगाएको क्षेत्रफल घटेका कारण तथा समय समयमा असिना पानी परेकाले उत्पादनमा कमी आएको हो ।