Wednesday July 18, 2018  
   | 

कृषि अनुदान

  • अनुदानमा कृषि औजार वितरण

    काठमाडौं । म्याग्दीको मंगला गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औंजार वितरण गरेका छन् । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको हो । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरेको हो ।

  • सैनामैनाका कृषकलाई अनुदान

    काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • स्याङ्जाका युवा सामूहिक पशुपालन गर्दैं

    काठमाडौं । युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हन् । उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेका छन् ।

  • कृषि अनुदानमा हुने दुरुपयोग रोकिने

    काठमाडौं । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताउनुभएको छ । मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिनुभएको हो ।

  • किसान चैतेधानमा अनुदान पाउनबाट वञ्चित

    काठमाडौं । चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट पर्वत जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् । चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका हुन् ।

  • अनुदानमा औद्योगिक उपकरण वितरण

    काठमाडौं । डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका बीच उक्त अनुदान वितरण गरिएको हो ।

  • भैँसीपालनबाट स्वादेशमै मासिक डेढ लाख आम्दानी

    काठमाडौं । पछिल्लो समय किसानले भैसीपालनबाट राम्रो आम्दानी गर्न थालेकाछन् । पाल्पा रामपुर–६ विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख पचास हजार आम्दानी गर्न सफल हुनुभएको हो ।

  • दाङमा पशुपक्षी बीमा गराउने बढ्दै

    काठमाडौं । दाङ जिल्लाका पशुपालक किसानले पशुपक्षीको बीमा गराउन थालेका छन् । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएका हुन् । पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

  • झापाका वुया स्वदेशमै आत्मनिर्भर

    काठमाडौं । बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् । नेपालमा भने जस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ ।

  • फिदिममा कृषि सामग्री वितरण

    काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरणको बिस्तारमा जोड दिने उद्धेश्यले पाँचथर जिल्लाको फिदिम नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार १४ वटा मिनीटिलर वितरण गरिएको हो ।