सुंगुर, बंगुर र बदेलको मासु उसिनेर नखानु होला ट्राइकोनेलोशीस हुन सक्छ ?

(No Comments)     November 25, 2015    

डा.केदार कार्की
ट्राइकोनेशीस भन्ने रोग पशुपंक्षीबाट मानीसमा सर्ने मानिन्छ। यो रोग हाम्रा ती समुदाय जहाँ संगुर,बंगुर तथा बंदेलको मासु उसिनेर साँधेर खाने प्रचलन छ, यदी यी जनावर यस परजीवीबाट प्रभावीत भएका रहेछन भने लाग्ने रोग हो । घर पालुवा सुंगुर,वंगुरतथा जंगलमा विचरण गर्मे वंदेल त यो परजीवीको आश्रय स्थल । आज हाम्रो आफ्नो परिवेशमा त्यो होटल,रेष्टुरेन्ट अनी पार्टी प्यालेसको रछ्यानग्नै शहरी वंगुरको मुख्य आहार भएको बेला हाम्रा उपभोतmा कती जोखीममा होलान । अझ वधशाला अनुगमन अनी मासु जाँच त त्यै दशैमा एक पटक गरीने त हो । त्यसैले वंगुर पालनको प्राज्ञिक व्यवस्थापन अनी वधस्थल वधशालाको प्राविधीक सुपरिवेक्षण गर्ने हो भने उपभोतmामा सुंगुर, वंगुर तथा बंदेलजन्य मासुका परिकार प्रति आत्मविश्वास बड्ने थियो होला । यहाँ जुन रोगको चर्चा गर्देैछु प्राज्ञिक शब्दमा यसलाई ट्राइकोनेलोेशीस भनीन्छ भने वोलचालको भाषामा ट्राइकोनोशीस । जुन पशुपक्षीबाट मानिसमा सर्ने रोग मानिन्छ । पशुपंक्षीबाट उपलब्ध मासु अधकल्चो पकाएर खाएभने लाग्छ । यो रोग फुच्चे गोल जुका ट्राइकेनेला एस्पाइरालीस कारण हुन्छ । यस प्रजातीको परजीवीलाई एक्लै संवोधन गर्दा ट्राइचिना भनिन्छ । जुन ग्रीक शब्दावलीमा रौं जस्तै भनिन्छ । यो रोगको व्याधी मासु हाम्रो मौलिक परिकार जस्तो गरी खास गरी सुंगुर, बंगुर तथा बदेलको मासु पकाएर सेकन गरीने हो भने सजीलै बच्न सकिन्छ। यो रोग हुन सक्ने घटना,दुर्घटना परिघटनाः इ.स.१९६५ मा यस परजीवीले मानव स्वास्थ्यका लागी गंभीर चुनौती गरेको अनुमान गरीएको छ। विगतका दशकमा अमेरिकामा गरीएको सर्वेक्षण अनुशंधान अनुसार बर्षेनी १०० देखि १५० मानिसको यस रोगका कारण मृत्यु हुने गरेको अभिलेख पाइन्छ। एक अध्ययन अनुसार करीव ७३ प्रतिशत सुंगुर,बंगुर तथा बंदेलजन्य अधकल्चो पाकेको मासु सेवन गर्ने मानिसमा यो रोग पाइएको अभिलेख छ। इ.स. १९५० मा होटल,रेष्टुरेन्टका रछ्यान अनि शहरी तथा ग्रामीण क्षेत्रका फोहोर मैला बटुली पालीएका बंगुर खुवाएर वंगुर प्रजाती यो परजीवीको संक्राणमा पर्ने गरेका छन । यस कारण कतीपय पश्चिमी विकशीत मुलुकहरुमा यसरी वंगुर पाल्न कानुनी रुपमा प्रतिवन्ध गरीएको छ । तर हाम्रो आफ्नो परिवेषमा वंगुर पाल्नको प्रमुख आधार नै यहि रहेको अवस्थामा हाम्रा जनसमुदायमा त्यसको जोखीम उच्च छ। तर व्यवस्थित प्राज्ञीक अध्ययन अनुसंधान गरिएको छैन भन्दा हुन्छ । यसैले कतिपय मुलुकमा यसका प्रकोपबारे तथा यसबाट बच्न उपभोतmा सचेतना शिक्षा संचालन हुने गरेका छन । व्यवस्थित वधशाला, वधस्थल तथा मासु जांच कानुनी व्यवस्था लागु नभएको अवस्थामा वैध,अवैध रुपमा पशुपक्षी वध गरीने चलनका कारण हाम्रा कती जनसमुदाय जोखिममा छन भन्न सकिन्न । अझै हाम्रा ग्रामीण क्षेत्रमा त सुंगुर बंगुर त गाउँ घर, शहर तथा नगरपालीकामा यी प्रणीले डुलेरै आफ्नो आहारा जोहो गर्छन, हाम्रा १५–२० प्रतिशत जनसमुदाय त यसै प्राणीबाट प्राप्त हुने मासुमा आधारीत छन । त्यस वाहेक पनि हाम्रो आफ्नो परिवेषमा केहि जाती जनजाती, सिमान्तकृत जनसमुदाय तथा विगतका द्वन्द प्रभावका कारण शहरी क्षेत्रमा बसाँइसराई गरी आएका जनसमुदायको आय आर्जनको प्रमुख श्रोत नै बंगुर पालन भएको छ । त्यो पनि शहर बजारमा संचालीत होटल, रेष्टुरेन्टबाट रछ्यान नै आहाराको मुख्य श्रोत मानेर । रोगका लक्षण बंगुर अनि मानिसमा ः प्राकृतिक रुपमा ट्राइकिनोशीसबाट संक्रमीत बंगुर प्रजातीमा यसको प्रत्यक्ष लक्ष्ण देखिदैन । तर अत्याधिक मात्रामा यो परजीवी प्रयोग गराइ गरेको अध्ययामा भने कटि पक्षघात हुनुका साथै मुर्छा पर्ने गरेको पाइन्छ । तर मानिसमा यो परजीवीले आन्द्रा छेड्न पुग्यो भने झाडापखाला लाग्नुको साथै पेट दुख्ने हुन सक्छ । यदि यो परजीवी प्रदुषित बंगुर प्रजातीको अधकल्चो पाकेको मासु सेवन गर्ने गरेको भए यी परजीवी मानिसको रतmसंचार प्रणालीमा प्रवाहीत हुन पुगे भने मानिसमा ज्वरो आउने, अनुहार सुन्निने, आँखा वरीपरी सुन्निने, छालामा दरफराए जस्तो हुने, नङगको जरामा रतmश्राव हुने, आँखाको साधारणत सेतो हुने भागमा पनि रतmश्राव देखिन सक्छ ।यस रोगको तीक्ष्ण अवस्थामा भने मुटुको मांसपेशिमा हुने विकृती,मायोर्काडाइटिस, निमोनिया तथा मस्तिस्कमा इन्सेफलाईटिस हुन सक्छ ।सवै यी लक्षण विरामीमा एकै पटक देखिन पुगे विरामीले मृत्यु वरण गर्नु पर्ने हुन्छ । रोग निदान गर्ने कसरी ? गहृो छ, सामान्यत पशुपंक्षी काटमार गरी मासु तयार पार्दा खसी, वोका तथा राँगा अनी बंगुरका पेट आन्द्रा संगको वोसोमा स–साना पानीका थैलो भेटिनु सामान्य मानिन्छ , त्यो मानविय प्रयोग बर्जीतत परापूर्व काल देखि नै हो त्यसकै भरमा यस्को प्रकोप यकिन गर्न सकिन्न । बंगुर प्रजातीमा यस्को भर पर्दो निदानको प्रस्थान विन्दु त व्यवस्थित वधस्थल, वधशाला तथा मासु जाँचको सुनिश्चितता नै हो । जुन हाम्रो जस्तो अव्यवस्थित मासु उद्ययोग अनी उपभोग श्रृंखलामा यो स्तम्भकार असंभव देख्दछ, आजको स्थितीमा । मानिसमा भने माथी उल्लेखित गरीएका लक्षण ठ्याक्कै मिले, आँखा वरीपरी नपत्याउने गरी सुन्निएको पाइए, नपत्याउने गरी शरीरका मांसपेशी सुन्निएमा, वेलाकुवेला ज्वरो आउने अनी पिनासको लक्षण देखिएमा तथा विरामीले अधक्ल्चो वंगुर प्रजातीको मासु खाने बानी भएको पाइएमा त्थो महंगो शुल्क तीरि प्रयोगशाला परिक्षण किन गर्न गराउन पर्यो ।वंगुर प्रजातीको अधकल्चो मासु सेवन गरेको ३–४ हप्ता पक्षि, मांसपेशीको नमुना जाँच गरीने हो भने यो रोग भए नभएको संकेत पाउन सकिन्छ । अझ जनसमुदायको रगत वेन्टोनाइट फलोकुलाटेसन जाँच जुन यो रोगको उत्तम जाँच प्रयोगशाला विधि मानिन्छ, जस्ले रोग बेलैमा थाहापाइन्छ । यस बाहेक इलैजा प्रविधिबाट छिटो तथा भरपर्दो निदान गर्न सकिन्छ । अझ वधस्थल, वधशाला अनी मासु जाँच गर्दा बंगुर प्रजातीको मांशपेशीको छड्के जाँच गर्ने हो भने यो रोग लाग्ला भन्ने किन चिन्ता गर्ने ? रोग लागी हाले तंगी्रने संभावना कती छन अधिकांश शोखका लागी बंदेलको मासु उसिनेर भोज भतेर गर्ने मध्ये पश्चिम तीरका राजा साहेवलाई त यो रोग बारे थाहा नै छैन जीउको मासु औसी पुर्णिमा दुखे पनि आफै निको हुन्छ रे । तै पनि जोखिममा पर्न सक्ने समुदायमा छड्के जाँच बेला बेलामा गर्ने हो भने रोग प्रक्षेपण गर्न सकिन्छ । आश लाग्दो कुरा त एउटा छ, स्वर्गिय किशुन जी को भाषामा, खुसीको कुरा त यो छ, यो रोगबाट प्रभावित जनसमुदायमा मृत्युदर १ प्रतिशत मात्र, आफु नै परिने पो हो कि चिन्ताको बात त यती नै हो । अब रोगथामको कुरा गरौं १. बंगुर बदेलको मासु खाने रहर भए १६० डिग्री फरेनहाइटमा पकाएर खानुस त्यो भन्दा कममा पकाएर खानु भयो भने रोग लाग्यो भने नर्सीङहोम नजानुस । २. अव्यवस्थित पशुपंक्षी व्यवस्थित वध गर्नु पर्यो, उपभातmा सम्म पुग्ने सबै पशुपंक्षी प्रजातीको मासु , पशुपंक्षीको किसिम अनुसार दक्ष मासु विज्ञानमा विज्ञता प्राप्त पशु चिकित्सकबाट प्रमाणीतत् हुनै पर्यो । ३. छाडा सुंगुर ,बंगुर पालन व्यवस्थित गर्नै पर्छ । ४. होटल ,रेष्टुरेन्ट अनी महानगरपालीकाको फोहोरको डङगुरबाट बटुलेको रछ्यान कित प्रसोधन वा निषेध गरी व्यवस्थित बंगुर पालन गर्ने व्यवस्था हानु पर्यो । ५. शहरी क्षेत्रमा मात्र हैन ग्रामीण क्षेत्रमा व्यवसिथत सौचालय संचालन । उपचार : आज सम्म त पत्ता लागेको छैन भएछ भने फेरी खवर गरुलानि हौ । नियंत्रण अनि रोकथाम : बंगुर पालनको वैज्ञानीक व्यवस्थापन वधस्थल अनुगमन अनी मासु जाँच तथा प्रमाणीकरण साथै जनसमुदायमा यस रोग बारे सचेतना कार्यक्रम संचालन गर्ने हो भने जोखीम न्युनीकरण गर्न सकिन्छ । खोप तयार गर्ने हो कि भन्ने कोशीसमा विश्व पशु चिकित्सक समुदाय प्रयत्नशील छ ।

Comments

comments

Related Posts