५ जिल्लाको सीमाँकनमा जनमत संकलन गरे मुलुक झनै अप्ठ्यारेमा पुग्ने: यादव

(No Comments)     November 24, 2015    

काठमाडौं ।। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवादित बनेका पाँच जिल्लाको सन्दर्भमा जनमत संग्रह गर्ने हो भने मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले जनमत संग्रहले समस्याको हल नगर्ने भन्दै अहिलेको समस्या पाँच जिल्लाको नभई पूर्वका दुई र सुदुरपश्चिमका दुई नेताको समस्या भएको जिकीर गर्नुभयो । अध्यक्ष यादवले पाँच जिल्ला कहाँ राख्ने भन्ने विषयमा जनमत संग्रह गर्ने हो भने संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रसहितका विषयमा जनमत संग्रह गर्न प्रमुख दलका नेताहरुलाई चुनौति दिनुभयो । मधेसको माग पुरा नभएसम्म शान्तिपुर्ण, अहिंसात्मक र असहयोगात्मक आन्दोलन जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली काग्रेसले संसदमा प्रस्तुत गरेको संविधान संसोधन विद्येयकले मधेसको माग संबोधन नगर्ने भन्दै त्यसलाई कुनै पनि हालतमा नस्विकार्ने बताउनुभयो । ‘काग्रेसले त्यो संसोधन विद्येयक न मधेसी मोर्चालाई सोधेर तयार पारेको हो न त्यसले मधेसको मुद्दा नै संबोधन गर्छ । प्याकेजमा सहमति नभई यो संसोधन विद्येयकले मधेसको आन्दोलनलाई संबोधन गर्दैन ।’ यादवले भन्नुभयो ।

अध्यक्ष यादवले अहिलेको संविधानले बनाएका प्रदेशहरु कुनै पनि स्वायत्त र अधिकारसहीतको प्रदेश नभएको दावी गर्दै अहिलेको प्रदेशको अधिकार जिल्ला विकास समितिको जति पनि नभएको जिकीर गर्नुभयो । ६ वटा प्रदेश खस आर्यको अधिपत्य कायम राख्ने गरि बनाईएको छ ।’ उहाँको भनाई थियो । अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए संघीयता, समावेशी लोकतन्त्र र पहिचानको कुरा हुने थिएन भन्दै राज्यले अरु सहमति गरेको भए पनि उपलब्धि मधेस विद्रोहको परिणाम भएकोले त्यसलाई संबोधन गर्नु पर्ने बताउनुभयो । मधेसको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक ढंगले नै हुनु पर्नेमा सैनिक परिचालन गरेर समाधान हुन नसक्ने बताउनुभयो । राज्यको लगानीमा मधेस आन्दोलनलाई साम्प्रदायिक बनाएर मधेसी पहाडी यूद्ध गराउने षडयन्त्र भईरहेको उहाँको आरोप थियो ।

अध्यक्ष यादवले मधेसमा छिटपुट रुपमा घटेका दुखद घटनाहरु राज्यको नरसंहार र दमनको प्रतिक्रिया भएको भनदै आफूहरु फेरि त्यस्तो घटना नघटोस भन्ने प्रयासमा रहेको बताउनुभयो । अध्यक्ष यादवले सरकार तेल र ग्यासको कालाबजारीमा लागेकोले तेलको खेलको लागि आन्दोलनलाई संबोधन नगरेको भन्दै राज्यले कालोवजारी चलाएको कि कालाबजारीले राज्य चलाएको भन्ने अन्यौल भएको बताउनु भयो । राणा, पञ्चायत र निरकुंश शासनमा समते नभएको नरसंहारमा राज्य लागेको दावी गर्दै उहाँले तत्काल राज्य आतंक बन्द नगरे स्थिति झनै जटिल बन्ने चेतावनी दिनुभयो । सरकारले बार्तामा बोलाएर आफूहरुको कुनै मागमा छलफल नै नगरी गैरजिम्मेवार अभिब्यक्ति दिने गरेको भन्दै अब आफूहरुको मागमा साझा धारणा नबनाएसम्म बार्ता नहुने स्पष्ट पार्नुभयो ।

‘सरकारले भने अनुसार घाईतेको उपचार गरेको छैन, झुठा मुद्दा फिर्ता लिएको छैन, सेना, शसस्त्र परिचालन फिर्ता गरेको छैन, शान्तिपूर्ण धर्नामा हस्तक्षेप गरिरहेको छ । राज्य आफ्नै प्रतिबद्धताबाट पछि हट्दा स्थिति झनै जटिल बनेको छ ।’ यादवको भनाई थियो ।

Comments

comments

Related Posts