३ बर्षभित्र धानमा आत्मनिर्भर बन्ने यस्तो छ योजना

मसिनो चामल उत्पादनदेखि ट्युवेल जडानसम्मका कार्यक्रम

(No Comments)     December 4, 2015    

१८ मंसिर, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालमा आत्मनिर्भरको बहस चलिरहेको छ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्रीसम्म र आम जनता पनि अब भारतसँगको परनिर्भरता अन्त्य गनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भनिरहेका छन् । तर, अवस्था ठिक उल्टो छ । एक दशक अघिसम्म हामीलाई आफ्नै उत्पादनले पुग्थ्यो ।

आर्थिक वर्ष २०६६र०६७ मा नेपालले भारतबाट मात्र २ अर्बको धान र चामल भारतबाट आयात गर्थ्यो । तर, पछिल्लो वर्ष (२०७१र७२) मा भारतबाट झण्डै २४ अर्ब भन्दा बढीको धान र चामल ल्याइएको छ । आखिर किन यसरी नाटकीय रुपमा बढिरहेको भारतबाट चामलको आयात ? यसका पछाडी नेपालीहरुमा ‘भाते’ संस्कृति विकास हुनु एउटा कारण रहेको विज्ञहरु बताउँछन् । आफ्नो बारीमा उत्पादन हुने मकै र कोदो छाडेर नेपालीहरु मसिनो र वास्नादार चामल खानेतिर लागे, जसको परिणाम भारतमाथिको परनिर्भरताको पारो दिन दुई गुणा रात चौगुनाका दरले बढेको छ ।

 


३ वर्षमा धानमा आत्मनिर्भर बन्ने लक्ष्य

भारतले नाकाबन्दी गरेपछि आँखा खुलेको आभास हुन थालेको छ नेपाललाई । आत्मनिर्भरताको बहस सुरु भएको छ र कृषि विकास मन्त्रालयले ३ वर्षमा धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । बृहत धान उत्पादन कार्यक्रममार्फत मन्त्रालयले तराईका १३ वटा जिल्लामा कार्यक्रम सुरु गरेको हो । पर्सादेखि झापासम्मका पूर्वी तथा मध्य तराईका १३ वटा जिल्लामा कायर्क्रम सुरु भएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले बताए ।

नेपालमा अहिले वार्षिक ४४ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । जसलाई कुटेर चामल बनाउँदा २६ लाख मेट्रिक टन चामल बन्छ । तर, माग वार्षिक ३२ लाख मेट्रिक टन छ । सापकोटाले भने, ‘थप ६ लाख मेट्रिक टन चामल हुने गरी धानको उत्पादन वृद्धि गर्नुपर्नेछ । त्यसका लागि तराईका जिल्लाहरुलाई नै केन्द्रित गरेर कार्यक्रम बनाइएको छ ।’ कार्यक्रम अन्तरगत पूर्व र मध्य तराईमा धान उत्पादनको नयाँ प्रविधिहरुबारे किसानलाई तालिम दिन थालिएको छ । साथै अब चैते धान लगाउने किसानहरुलाई अनुदानमा उन्नत जातका बिउबिजन वितरण गरिने छ ।

यसैगरी धान उत्पादनसँग सम्बन्धित साना प्रविधिहरु किसानलाई सुहलियत अनुदानमा उपलब्ध गराइने सापकोटाले बताए । ‘यसवर्षको बजेटमा उल्लेख भएबमोजिम किसानलाई थप धान उत्पादनमा आकर्षित गर्न विभिन्न कार्याक्रम बनाएका छौैं’ सापकोटाले भने(‘त्यसका लागि सिँचाईमा सहयोग गर्नेदेखि बिउबिजन र मलमा अनुदान दिनेसम्मका योजना छन् ।’ कृषि मन्त्रालयले सिँचाइ मन्त्रालयसँग समन्वय गरेर ति जिल्लाहरुमा साना सिँचाइका अधिकतम् कार्यक्रम पुर्याेउने बताएको छ । अहिले ति जिल्लामा वर्षायाममा पनि पानी नपर्दा धेरै क्षेत्र बाँझो रहने समस्या छ भने खडेरी लाग्दा धान उत्पादन घट्ने समस्या पनि छ । त्यसलाई सम्बोधन गर्न स्यालो ट्युबेल जडानलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको सापकोटाले बताए ।

 

 

मसिनो धानको उत्पादनमा जोड

मोटा चामलको खान नरुचाउनेहरु बढेपछि मन्त्रालयले एकवर्ष यता मसिनो चामलको धान उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ । सापकोटाले भने(‘किसानले मोटा चामल हुने धान उत्पादन गर्छन र भारतबाट आएको मसिनो चामल किन्छन । यसले गर्दा भारतबाट वाषिर्क ठूलो परिमाणमा चामल आइरहेको हो ।’ त्यसैलाई सम्बोधन गर्न मन्त्रालयले मसिनो धान उत्पादन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । त्यसअन्तरत मसिनो धानको बिउमा अनुदान दिने र धान उत्पादनको प्रविधि सिकाउने कार्यक्रम लागू भएको हो । नेपालमा वार्षिक आफ्नै उत्पादनको झण्डै १ लाख ५५ हजार खाद्यन्न बचत छ ।

सर्वसाधारण अरु खाद्यान्न भन्दा चामलमै बढी आकर्षित भएका कारण चामलको उत्पादन नबढाई नहुने अवस्था आएको मन्त्रालयको निश्कर्ष छ । ‘हामी भाते भयौं । त्यसैकारण चाम आयात गर्नुपरेको हो नत्र यहाँ उत्पादन भएको अन्नले हामीलाई मज्जाले खान पुग्छ,’ सापकोटाले भने, तर, भात नै चाहिने भएपछि अरु अन्न बचतमा हुन्छन् चामल भने नपुग छ ।’ अनलाईनखबरबाट साभार

Comments

comments

Related Posts