स्वदेशमै प्रसस्त आम्दनी

(No Comments)     January 3, 2018    

काठमाडौं । पैंसा कमाउन विदेश भन्ने युवा वर्गले स्वादेशमै कृषि क्षेत्रमा गर्न सके राम्रो आम्दानी गर्न सकिदोरहेछ भन्ने बढ्दै जान थालेको छ । तेह्रथुम छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो ।

स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । कमैले मात्र सोचेका हुन्छन् कि महेनत गर्दा स्वदेशमा पनि रोजगारी बनी प्रसस्त आम्दानी लिन सकिन्छ ।मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको बताउनु हुन्छ । जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त आम्दानी गर्न सकिने उहाँ बताउनु हुन्छ ।

सुरुमा तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर व्यावसायिक गाईपालनबाट उहाँले अहिले घरैमा बसेर वार्षिक रु १२ लाखभन्दा बढी कमाउनुहुन्छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई रहेको छ । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै रु २० लाख लगानी भइसकेको बताउनु हुन्छ । शुरुमा आफैँले ऋण काढेर रु तीन लाख लगानीले थालेको व्यवसायमा अहिले रु दुई लाख थप्नुभएको छ । कार्कीले प्राइम बैंक र कृषि विकास बैंकबाट रु पाँच÷पाँच लाख कर्जा लिनुभएको छ ।

फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताउनुभयो । दुई वर्षमा उहाँले फार्मको खर्च कटाएर रु १० लाख ऋण चुक्ता गर्नुभएको छ । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर रु ४५ देखि रु ५५ सम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक रु एक लाख बीस हजार आम्दानी हुनका साथै ६० हजारसम्म बचत गर्दै आएको बताउनु भयो । गाईपालनबाट मनग्य आम्दानी हुने कार्कीले भनाई छ ।

घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नु भन्दास्वदेशमै गरेको कमाइबाट सन्तुष्ट रहेको कार्की बताउनु हुन्छ । “यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,” उहाँले भन्नुभयो ।

रोजगारी नपाएर विदेशिनुभएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिनुभएको छ । गाईको रेखदेख, घाँस काटने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काममा उहाँहरुले रोजगारी दिनु भएको छ ।

Comments

comments

Related Posts