सुन्तला बोटमैै बिक्री

आम्दानीको प्रमुख स्रोत

(No Comments)     December 19, 2017    

काठमाडौं । नवलपारसीको पहाडी क्षेत्रमा सुन्तला खेती लागि उपयुक्त भएकाले यस पटक कृषकले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

कृषि मन्त्रालयद्धारा पनि सुन्तला खेतीलाई अझ प्रवद्र्रधन गर्ने उद्धेशयले नवलपरासीको पूर्व पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला जोन कार्यक्रम समेत शुरु गरेकाछन् । यस कार्यक्रमले सुन्तला खेती गर्ने कृषकलाई अनुदानमा बिउ साथै मेसिनरी समानहरुको सेवा उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

नवलपरासीको पूर्वी पहाडी भेगको सत्र गाविसमा सुन्तला खेती गरिदै आएकाछन् । गाउँ-गाउँमा बाटो पुगेकाले सुन्तला फल लाग्न साथ खरिद कर्ता बोटमै मोलमोलाई गर्न आइपुग्ने गरेकाछन् । एक हजार प्रतिबोटका दरले यसपटक सुन्तला बोटबाटै बिक्री गरेको यहाँका कृषकहरु बताउँछन् ।

यहाँका अधिकांश कृषकको सुन्तला बोटबाटै बिक्री हुने गरेकाछन् । सुन्तला बिक्रीको लागि बजारको कुनै समस्या नरहेको यहाँका कृषकहरुको भनाई छ । यहाँ उत्पादित सुन्तला विशेष गरी नवलपरासी, बुटवल, पोखरालगायतका बजारमा बिक्री हुने गरेका छन् ।

यस क्षेत्रमा करिब एक हजार घरपरिवार सुन्तला खेतीमा समलग्न रहेकाछन् भने सुन्तलानै यहाँको आम्दानीको प्रमुख स्रोतसमेत हुन् ।सुन्तला जोन कार्यक्रमले सुन्तला खेती गर्ने कृषकलाई अझ सहजता मिल्ने अपेक्ष गरिएको छ ।

Comments

comments

Related Posts