सुन्तलाबाट मनग्ये आम्दानी

(No Comments)     December 12, 2017    

काठमाडौं । सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यवसायिक सुन्ताल खेती गर्नेको संख्या बढ्दो रहेकोछ । सुन्तला बिक्रीबाट किसानले बर्षीक लाखौं आम्दानी गर्न थालेकाछन् ।

पाल्पा निस्दी गाउँपालिका-५ गल्धा बहपुरका तेजन सिंजालीले यस बर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको बताउनु हुन्छ । बाली उत्पादन राम्रो नभएपछि बिगत आठ बर्ष देखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएको सिंजालीले बताउनु हुन्छ ।

उहाँले अहिले पन्ध्र रोपनी जमीनमा सुन्तला खेती गर्दै आउनु भएको छ भने यस बर्ष करिब चालिस क्विन्टल सुन्तला बिक्री गरेको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ “गर्न सके सुन्तला खेतीबाट मनग्ये र सजिलै आम्दानी गर्न सकिन्छ” ।उहाँलाई सुन्तला खेतीबारे राम्रो अनुभाव भैसकेको कारण पाखो र बाँभो जमिनमा सुन्तला लगाए राम्रो आम्दानी गर्न सकिने र बिक्रीको लागि बजारको पनि समस्या नहुने बताउछन् ।

यसैगरी अर्का सुन्तला खेती गर्ने मान बहादुर राणाले यस बर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको बताउनु हुन्छ । यहाँ १६ घरपरिवारले सुन्तला खेती गर्दै आएकाछन् । प्रत्येक परिवारले पचास देखी पाँच सय बोटसम्म सुन्तला लगाएका छन् । उनीहरुको आयआर्जन माध्यानै सुन्तला बनेको छ । बहपुर क्षेत्रलाई सुन्तलाको लागि जिल्लाकै नमूना पकेट क्षेत्र रुपमा समेत चिन्ने गरिन्छ ।

अरु खेती भन्दा सुन्तला खेती सजिलो र पाखो जमिनमा पनि गर्न सकिने भएकाले कृषकहरु सुन्तला खेती प्रति निक्कै आर्कषित भएकाछन् ।

 

Comments

comments

Related Posts