सुनसरीको बराहक्षेत्रमा बाली विज्ञान पढाई सुरु

(No Comments)     September 28, 2018    

धरान, १२ असोज । ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानिय एक माबिमा बाली विज्ञानको कक्षा संचालन सुरु गरेको छ । 

बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविले यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरेको हो । यसको शुरुवात गत मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका हुन । मन्त्री पोखरेलले ग्रामीण भेगमा प्राविधिक विषयको अध्यापन शुरु गरेर सरकारको एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ अभियभान कार्यान्वयन भइरहेको जानकारी दिए । 

 

बाली विज्ञान विषयको तीनवर्षे डिप्लोमा तहका लागि नगरपालिकाको पहलमा सिटिइभिटीसँग सम्बन्धन लिएर जडेज माविमा पठनपाठन शुरु गरिएको हो । विद्यालयको पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु १५ लाख उपलब्ध गराएको नगरपालिकाका प्रमुख निलम खनालले जानकारी दिए । सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यका लागि खर्च गर्न बजेट व्यवस्था गरिएको हो ।

 

स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीयवासी धरान, इटहरी, विराटनगर, उर्लावारी पुग्नुपर्ने बाध्यता हराएको स्थानीयवासीले बताएका छन् । विद्यालयमा कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोगबारे अध्यापन हुने विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले जानकारी दिए ।  बाली विज्ञानको पढाई सुरु भएपछि स्थानिय विद्यार्थीहरु पनि निक्कै हर्षित छ । यसले विद्यार्थीमा शीप थप्नुको साथै वेरोजगारी हट्दै जाने जनाईएको छ । 

Comments

comments

Related Posts