साच्चै कृषिमा काम गर्छु भन्नेकालागि अढाई करोडसम्म अनुदान दिन्छौ : भवानी राणा

(No Comments)     January 29, 2016    

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रकी संयोजक भवानी राणासंग यसका काम, कर्तव्य र अवस्थावारे हलोखबर डट कमकालागि मनोज श्रेष्ठले गरेको कुराकानी ।

कृषि उद्यम केन्द्रले कस्ता कस्ता कामहरु गरिरहेको छ ?
मूख्यतय ः कृषिसंग सम्वन्धित कामहरु नै हुन । किसानकालागि आवश्यक सहयोगदेखि सरकार तहसम्म पुगेर नीतिगत बहसमा समेत प्रत्यक्ष सहभागिता जनाइरहेको छ । यसका साथै एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन,उच्च मूल्य कृषि बस्तु विकास आयोजना, साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना, उच्च पाड कृषि व्यावसाय तथा जीविकोपार्जन सुधार आयोजना, किसानकालागि उन्नत बीउबिजन कार्यक्रम, नेपाल व्यापार एकीकृति रणनीति, बजार सचना सेवा जस्ता कार्यक्रमहरु अहिले संचालनमा छन् ।


यि सेवाहरु कस्का लागि ?
किसानकालागि हो ।

तर, तपाईहरुले ग्रामिण क्षेत्रका किसानकालागि त यो सेवा पुर्याउन सक्नु भएको छैन, नि ?
हामी विस्तारै जादैछौ । काम गर्नेकालागि हामीले अनुदान, बजार प्रवद्र्धन गर्न प्रोत्साहन गरिरहेका छौ ।

दुई दशकपछि मात्रै सक्रिय हुनुको कारण ?
काम त पहिले पनि गर्दै आएका थियौ । तर, विगत पाँच छ बर्षदेखि अझ प्रभावकारी रुपमा काम गर्न थालेका हौ ।

कृषि उद्यम केन्द्रले किसानकालागि भन्दा पहुँच वालालाई मात्रै अनुदान दिन्छ भन्ने आरोप छ नि ?
जसकालागि भएपनि जुन ठाउँमा हामीले काम गरेका छौ, त्यहाँ त स्थानियवासिन्दाले नै रोजगार पाएको छ नि, होइन र ? होला कतिपयले राजधानीमै बसेर अनुपादन दिएका जिल्लामा गएर कृषि सम्वन्ति खेति गरिरहेका होलान । तर, सवैले त्यस्तो गरेका छैनन् ।

सरकारसंग पनि सहकार्य छ ?
अवस्य छ । हामीले पोलिसी लेभलमा पनि किसानको पक्षमा नीतिहरु बनाउन सुझाव दिइरहेका छौ । लभिङ पनि गर्ने गरेका छौ । साथै कृषिमा लगानी बढाउनुपर्छ भनेर दवाव दिदै आएका थियौ । त्यै भएर यो पटक कृषिमा ठूलो लगानी छुट्याइएको छ । राज्यले पनि वुझेको छ, कि कृषिलाई व्यवसायिकरण गरिनुपर्छ भनेर ।

कृषि उद्यम केन्द्रको खास लक्ष्य ?
निर्भाहमूखि कृषिलाई व्यवसायिकीकरण गरिनुपर्छ भन्ने नै हो । कृषिका धेरै बस्तु उपलब्ध छ । यसलाई हामीले कसरी प्रयोग गर्ने, जंगरमा त्यसै फालिएका जरीबुटीलाई उपयोग गर्ने भनेर हामी लागिरहेका छौ ।

एक गाउँ एक उत्पादन कार्यक्रम कस्तो छ ?
हामीले यो कार्यक्रम ३२ जिल्लामा लागू गरेका छौ । यसको प्रभावकारिता राम्रो भएको कारण यो बर्ष १० जिल्ला थप गरेका छौ । यसलाई ७५ वटै जिल्लामा पुर्याउने लक्ष्य छ । जस्तो सिन्धुलीको जुनार खेतिमा हाम्रो प्रत्यक्ष तथा अप्रत्यक्ष लगानी छ ।

एक जिल्ला एक उत्पादन पनि सुरु गर्नु भएको छ, होइन ?
१६ वटा जिल्लामा एक जिल्ला एक उत्पादन कार्यक्रम सुरु गरेका छौ । विभिन्न दाना तथा विउ विजनको उद्योगलाई पनि सहयोग गर्ने प्रयास गरेका छौ । कृषि मन्त्रालयसंग मिलेर किसानकालागि विउविजनमा सहयोग गर्न भनी छ जिल्ला गुल्मी, अर्गाखाची, रोप्ला, दाड, मुगुमा कार्यक्रम संचालन गरिरहेका छौ ।

हिमाली प्रोजेक्टको प्रभावकारिता कस्तो छ ?
दश वटा जिल्ला कर्णाली, डोप्ला, जुम्ला, हुम्ला, मुगु, सोलु, संखुवासभा, रसुवा लगायतका जिल्लामा यो कार्यक्रम लागू छ । हामीले दुई करोड पचास लाखसम्म अनुदान दिने गरेका छौ, यो कार्यक्रम मार्फत । यसमा हामीले ठूलाठूला उद्योगलाई पनि सहभागिता गराउन खोजिरहेका छौ । यो कार्यक्रममा कृषि सम्वन्धि जस्तो काम गरेपनि हामीले अनुदान दिने गरेका छौ ।

तर, सवैले त पाउदैनन् होला नि त ?
साच्चै कृषि क्षेत्रमा काम गर्छु भन्नेकालागि हो ।

प्रक्रिया नै धेरै झन्झटिलो छ, सामान्य किसानले यो प्रक्रिया पुरा गर्नै सक्दैनन भन्छन नि ?
हो, प्रक्रिया अलिक झन्झटिलो छ । यसलाई हामीले केहि सरलीकरण गरिनुपर्छ भनेर छलफल पनि गरिरहेका छौ । तर, लक्ष्य भनेको किसान र कृषि व्यवसायको विकासकै लागि हो ।

यति धेरै कार्यक्रम गरिरहनु भएको छ, यसको सूचना गाउँसम्म कसरी पुग्छ ?
जिल्ला उद्योग वाणिज्य संघबाट यसको प्रचार र प्रशिक्षण हुने गरेको छ ।

कृषि ऋणमा तोकिएको ४५ बर्षे नीतिवारे तपाईको धारणा ?
यहाँ राजनीति गर्नेहरु ८० बर्षसम्म युवा हुन्छन । अनि किसानलाई यस्तो सीमा लगाईदा पक्कै राम्रो होइन । त्यै भएर कृषि संसदीय समितका सभापति गगन थापालाई हामीले यसवारे सचेत गराईसकेका छौ ।

इजरायली मन्त्रीसंगको छलफल कस्तो रह्यो ?
कृषि उद्यम केन्द्रसंग मिलेर इजरायलले पनि केहि काम गर्ने भएको छ । कृषि भनेको यस्तो सेक्टर हो, त्यहाँ भित्र पस्यो भने ठूलो भास्ट छ ।

कृषि पर्यटनवारे तपाईको धरणा ?
नेपालमा खासै कृषि पर्यटन भित्रन सकेको छैन । यसलाई हामीले सामान्य तरिकाले सुरुवात गरेका छौ ।

Comments

comments

Related Posts