सागबाट मासिक बीसहजार कमाई

(No Comments)     November 10, 2017    

काठमाडौं । भक्तपुर बालकोटका कौंशिाला बस्नेतले (नाम परिवर्तन) सागबाटमात्रै मासिक बीसहजार भन्दा बढी आम्दानी गर्दैं आएको बताउछिन् ।

रायो, पालुग, चम्सुर, सोपलगायतको साग रोप्ने गरेको बस्नेतले बताए । रायो साग हप्तामा एक देखी दुई पटकसम्म टिप्ने गरेकाछन् । तर यसपाली पानी नपर्नाले भने जस्तो साग नस्प्रेको र पत्तामा खैंरो दाग देख्न थालेकाछन् ।

उनले यहाँको सागसब्जी काठमाडौंको इच्छुमति (टुकुच्चा) मा लाने गरेका छन् । अगिलो दिन दिउँसो घाममा टिपेर स-साना मुठा बनाई भोलि बिहानै टुकुच्चा लाने गरेकाछन् ।

साथीसँग मिलेर दुई उनले ठाउँ जमिन भाडामा लिएर तरकारी खेती गर्ने गरेका छन् । २ रोपन जमिनको बार्षिक बीसहजार तिर्ने गरेका छन् ।  सिजन अनुसार बिभिन्न तरकारी लगाउनका साथै बारीको छेउ छेउ फूलसमेत रोपेका छन् । यसपाली पानी नपर्नाले हनुमन्ते खोलाको पानी पनि सक्नाले ईनारबाट जसोतसो पालनी हाल्ने गरेको बताउछन् ।

पानीको सुबिधा हुने हो भने अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ ।

Comments

comments

Related Posts