सहरमा सेलिब्रेटी बन्दै ढिँडो

(No Comments)     November 27, 2017    

मनोज श्रेष्ठ

काठमाडौं । केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा साथीभाईसंग लन्च लिइरहेका थिए खोटा...वुईपाका सन्देश राई । लन्चमा उनले ढिँडो लिएका थिए ।

पन्ध बर्ष पहिले यो संवददाता खोटा...मा कान्तिपुरमा काम गर्दा उनले गाउँमा धान धेरै उब्जनी नभएर ढेडो मात्रै खानु परेको पीडा व्यक्त गरेका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीको सिलसीमा मलेसिया पुगेका थिए । उनले यो संवददातालाई देखेर अम्चम्म मान्दै भने, दाई के गर्ने पहिले र अहिलेमा धेरै कुरा परिवर्तन भएको छ । पहिले गाउँमा त्यै ढिँडोलत्याइयो, अहिले यही मिठो हुन्छ । त्यै पनि महंगोमा किनेर खानुपर्ने ।

कुरा सन्देशको मात्रै होइन, शहरियाले ढिँडो खोजीखोजी खाने गरेका छन् । जतापायो त्यता ढिँडोउपलब्ध पनि छैन । विशेषगरी थकाली र नेवारी रेष्टुरेन्टमा मात्रै ढेडो पाइन्छ । स्टार होटलमा पनि यो चिज महंगो रुपमा विक्री हन्छ । चर्चित व्यक्तिलाई सेलिब्रेटी भनिए झै खानामा ढिँडोे सेलिब्रेटी बनेको छ । स्वास्थ्यकालागि समेत राम्रो मानिने ढिँडोे नेपाली परिकार भएको हुदा पनि शहरमा यसको माग बढ्दो छ ।

विशेषगरी कोदो, फापर, मकै र गहुँको पिठोबाट बनाइने ढेडो आफ्नो इच्छा अनुसारको तरकारीसंग खाने गरिन्छ । पोखराको घान्द्रुक पनि ढिँडोेको लागि प्रख्यात छ । त्यस्तै पोखराका प्राय: होटेल र रेष्टुरेन्ट यो परिकार पाइन्छ । विदेशी पर्यटकको रोजाइमा समेत यो परिकार पर्ने गरेको पोखरास्थित टेक ओ टेलका संचालक योगेन्द्र शाक्यले वताए । उनी भन्छन्, नेपालमा गरीवहरुले मात्रै खाने भनेर हेपिएको यो परिकार अहिले विस्तारै शहरका धनीवर्गको रोजाइमा पर्न थालेको छ ।

विदेशमा रहेका जतिपनि रेष्टुरेन्ट छन्, ति सवैमा प्रायय: ढिँडो र गुन्द्रुक पाइने गरेको मलेसिया, क्वालालाम्पुरस्थित दी खुकुरी रेष्टुरेन्टका संचालक पासाड लामा शेर्पाले जानकारी दिए । त्यति मात्रै नभएर प्रधानमन्त्रीकी सल्लाहाकार मध्येकी एक म्रिदुला कोइरालाले अमेरिकामा संचालन गरेको रेष्टुरेन्टको मेनुको मुख्य खानामा पनि ढिँडो राखिएको छ । त्यस्तै जर्मनमा सरोज श्रेष्ठले संचालन गरेको नेपाली रेष्टुरेन्टमा पनि ढिँडो राखिएको छ । अहिले नेपाल आएका उनले भने, नेपाली टिपिकल खाना भएको कारण पनि यो खाना राखिएको हो ।

सुन्धरास्थित एक थकाली रेष्टुरेन्टका संचालक रवि सेरचनका अनुसार बढि मात्रामा मध्यम र उच्च तहका व्यक्ति ढेडो खानकै लागि आउने गरेका छन् । कोदो र फापर वढि मात्रामा पहाडी भूभागमा उब्जनी हुन्छ । यसको व्यवसायिक खेति गर्न सके निक्कै राम्रो हुने विज्ञहरुको सुझाव छ ।

मधुमेह, उच्च रक्तचाप तथा युरिक एसिड रोगका विरामीले ढिँडो खादा एकदमै राम्रो गर्ने विराट मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । यो परिकार पकाउन पनि त्यति झन्झटिलो र महंगो छैन । पानी उमालेर पिस्तारै हालिएको पिठोलाई राम्रोसंग चलाएर त्यहाँ भएको डल्ला राम्रोसंग फुटाए पुग्छ ।

Comments

comments

Related Posts