सरकार, म बाच्न चाहान्छु ! यो नर्कबाट बचाउनुस

(No Comments)     November 10, 2015    

सरकार म बाच्न चाहान्छु । यो नर्क बाट म नेपाल आउन चाहान्छु। मेरो नाम Genu Reshmi thapa magar हो ।मेरो स्थाई बुटवल शंकर नगर(३ घर हो । हाल म मर्नु र बाच्नुको दोधारमा अति कष्टपुर्ण देस सिरिया मा छु । घरमा मेरो बृद्धअबश्थाका बाबु आमा हुनुहुन्छ ।

 

त्यसैले बाच्नका लागी मेरी बैनि र म मिलेर बुटवल बजार मा साहु सँग ऋण गरेर एउटा सानो ब्युटी पार्लर को पसल गरेका थियौ ।त्यही पसल सञ्चालन को सिलसिलामा मा मेरो चिनजान बुटबल प्रगति नगर निवासी शोभाकान्त भट्टराई सँग भयो । उनिले म राम्रो मेनपावरको एजेण्ट हु म सँग दुबई को राम्रो कम्पनीको भिसा छ तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन सक्छेउ भनेर प्रलोभन देखायो । मलाई आफ्नो आर्थिक स्थिति केही हद सम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आषमा बैनिलाई पसल जिम्मा लगाएर शोभाकान्त मार्फत दुबई जाने निर्णय गरे । त्यसपछि मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाए ।

 

दिन बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ । त्याहा हामीले अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई 2014/5/12 मा सिरीया पुर्यायो ।

 

यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ। म अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६ हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । आज सम्म मोबाईलको सिम पाएको छुईन आफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो चित्कार यहाँ सम्म पुर्याएको छु। म नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी सस्था ,मानव अधिकार आयोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया मा मर्न चाहान्न र चेलिबेटी बेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा सजाय चाहान्छु।

 

कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु । renu facebook link (https://www.facebook.com/profile.php?id=100008876012116&fref=ts) dalal शोभाकान्त भट्टराई बुटवल प्रगतिनगर मो०9819465687 dalal पन्चु लामा काठमाडौ 9808811120 मलाई शोभाकान्त र पन्चुले बेचेको सिरिया को अफिस को न० phone-00963116630206 fax-00963116613315 mob.-00963988914039 email – info@ns-syria.com मैले काम गर्ने काम गर्ने घरको मेडम को न० 00963956700726 मनोज सर please मलाई यहा मर्न बाट बचाउनुहोस ।

 

मेरो घाउ पाकी रहेको छ सायद म अब क्यानसर भएर मर्न सक्छु । मनोज सर मलाई यति लेख्न धेरै दिन लाग्यो नमिलेको ठाउ मा हजुर ले मिलाई दिनु ल please save me note:::: वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् ।

 

नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन ।

 

१८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ ।

 

उनको फेसवुक लिंक पनि यही राखिदिएको छु । news reporter: मनोज श्रेष्ठ meromanjel@gmail.com

Comments

comments

Related Posts