विश्व रेविज दिवशको सांदर्भिकता

“जनचेतना जगाऔं, खोप लगाऔं, रेविज उन्मुलन गरौं”

(No Comments)     September 28, 2016    


डा. केदार कार्की
काठमाडौं ।  विश्व रेविज नियन्त्रण एकवैद्धता समुह जस्को मुख्यालय अमेरीका तथा व्रिटेनमा छ को संयोजकत्वमा अभियानका रुपमा मनाइन्छ । जस्लाइ विश्व स्वास्थ्य संगठन विश्व पशु चिकित्सा संगठन अमेरीकि स्वास्थ्य संगठन जस्तो साथै विश्व पशुचिकित्सक संगठनले समेत यस कार्यका लागी विश्व भरी नै आफनो एक्यवद्धता जनाएका छन ।

यो दिवश पत्येक वर्ष अंग्रेजी पात्रो अनुसार सेपटेम्बर २८ का दिन लुइस पास्चर जस्ले आफना सहकर्मीसंगको सहकार्यमा रेविज रोग विरुद्धको खोप विश्वमा सर्वप्रथम आविस्कार गरेका थिए । उन्को स्वर्गारोहणको वार्षिकि दिनमा उनको संझना एवं सम्मानका लागी मनाइने गरीन्छ ।

यस दिवशको मुख्य उदेश्य मानव तथा पशुमा यो रोग देखिदा पर्ने प्रभाव वारे जनसमुदायमा जनचेतना जगाउने उदेश्यका साथ सुचना तथा सल्लाह प्र्रवाह गरी विश्वलाई यो रोगबाट कसरी मुक्त गराउने रहेको छ ।

index

विश्व रेविज दिवशको इतिहासः
पहिलो विश्व रेविज दिवश विश्व रेविज एकवैद्धता समुह अमेरिकाको एटलान्टमा अवस्थित रोग नियंत्रण एवं रोकथाम केन्द्र को सहभागीता सहित विश्व स्वास्थ्य संगठन विश्व पशु स्वास्थ्य संगठन तथा पाना अमेरीकी स्वास्थ्य संगठनको सह सहभागीतामा सेप्टेम्बर २००७ को २८तारीखमा मनाउन सुरु गरीएको थियो

रेविज रोग:
यो रोग आज पनि विश्वका धेरै मुलुकमा प्रमुख जनस्वास्थ्यको लागी समस्या को रुपमा रहेको छ। अफ्रिका तथा एसीयाका गरीव तथा विकाशिल मुलुकमा हुने ९९ प्रतिशत मानविय मृत्यु संक्रमीत कुकुरको टोकाइको संक्रमण बाट हुने गरेको पाइन्छ किनभने यो क्षेत्रमा ठूलो संख्यामा सामुदायीक एवं घरपालुवा कुकुर यस रोग विरुद्यको प्रतिरोधात्मक खोप नलगाइएका हुन्छन ।

अपवादका रुपमा एन्टार्कटिका वाहेकका अन्य क्षेत्रका मुलुकका मानव समुदाय एव पशुहरु रेविज रोगबाट ग्रसीत हुने जोखीममा सधै परि रहने संभावना रहेको हुन्छ ।

विश्व रेविज दिवश मनाउने दार्शनिक एवं संगठननात्मक पक्षः
विश्व रेविज दिवश अभियान विश्वभरी सरकारी राष्ट्यि अन्य राष्ट्यि गैह सरकारी संस्थाका विश्वभरी छरीएका स्वयमसेवक हरुको संजाल मार्फत संचालन हुने गर्दछ । विश्व भरी करीव ५० संस्थाले यसमा ऐकवैद्यता देखाउदै शैक्षिक सुचना रेविजबारे विभिन्न संचार माध्यमबाट प्रवाह गर्ने गरेका छन ।

यस अभियानको मुख्य उदेश्य यस कार्यमा संलग्न सवै सरोकारवालाहरुलाई एकै थलो एवं अभियानमा समावेश गराउने पनि हो ।

rabies

स्वास्थ्यकर्मी पशु चिकित्साकर्मी तथा पशु स्वास्थ्य प्राविधिक कुकुरका छाउराछाउरी हुर्काउने वेचविखन गर्ने व्यवसायी कुकुरका लागी आवश्यक पर्ने आवश्यक खोप औषधि तथा अन्य सामाग्रीको वेचविखन गर्ने व्यवसायी तथा संगठन नीजीस्तरमा संचालीत पशु उपचार सेवा केन्द्र तथा नीजी किल्नीक संचालक जोखीममा रहेका मुलुकका विज्ञ एवं वैज्ञानीक एवं प्राज्ञिक क्षेत्र प्राविधिक शिक्षालय तथा पशुचिकित्शा अध्ययन संस्थान आदीको संयुक्त संलग्नतामा यस रोगवारे सुचनामुलक संदेह प्रभाव गर्नुका साथै निसुल्क एवं सहुलियत दरमा यस अवधिमा कुकुर जन्य रोगको स्वास्थ्य परिक्षण एवं रेविज रोग विरुद्ध खोप पनि अभियानकै क्रममा गरीने गरीन्छ । यसवाहेक विभिन्न तहका स्कूल शिक्षा यस रोगवारे विज्ञबाट संचालन गर्ने गरीन्छ ।

रेविज रोगलाई मानववस्ती ठाउँ विशेषका रुपमा मात्र नभई सिमाविहिन तथा वन्य जन्तु तर्फबाट पनि सर्न सक्ने रोगका रुपमा मानीन्छ । त्यस कारण पनि यसरोगको नियंत्रण एवं रोकथाम कार्य संचालन गर्दा अन्तरदेशिय तथा वन्यजन्तु क्षेत्रलाई समेत समावेश गरीनेगरी अभियान संचालन गरिने गरिन्छ ।यस अभियानले विश्व भरी नै मानव एव पशु स्वास्थ्य संर्वदद्यन, रोकथाम एवं नियन्त्रणका लागी हाल प्रचलनमा आएको एक विश्व एक स्वास्थ्य सिदान्तलाई अवलम्वन गर्ने गरेको छ ।

विश्व रेविज दिवश अंकित चिन्हमा नै यस रोगको जटिलता झल्कने गरी यसले मानव समुदाय जनावरका समुदाय सहित वन्यजन्तु सम्म प्रभावीत हुन सक्नेतर्फ संकेत गरेको छ । विश्व रेविज दिवशलाई संमर्थन गर्न वा पृष्ठपोषण गर्न सरकारी तर्फबाट रेविज नियंत्रण एवं रोकथामलाई प्राथमीकता दिनु पर्ने हुन्छ ।

जस अन्तर घरपालुवा तथा सामुदायीक कुकुरहरुमा खोप लगाउने संख्या वृद्धि गर्ने जनचेतना मुलुक शौक्षिक कार्यक्रम संचालन मार्फत समुदायलाई यस रोगबाट कसरी वच्न सकिन्छ भन्ने जानकारी पनि हुन आउँछ । यसले एकिकृत रोग नियन्त्रण कार्यविधिको पनि उपयोग गर्न सक्छ । साथै यस अभियानले मुलुकका निति निर्माण तह संग पनि यस बारे पृष्ठ पोषण गर्न गराउन मद्दत पुर्याउँन सक्ने संभावना देखिन्छ ।

यस दिवशमा गरिने क्रियाकलापहरुः
विद्यालय स्तरमा शिक्षा,निवन्ध,कविता प्रतियोगीता वहस , वादविवाद , प्रभात फेरी, दौड प्रतियोगीता, चित्रकला प्रतियोगीता निशुल्क तथा उच्च सहुलियत दरमा यस अभियान भरी कुकुर हरुमा यस रोग विरुद्दकोे खोप अभियान आम संचार माध्यममा जनचेतना मुलुक प्रचार प्रसार एवं परिसंवाद जस्ता कार्य हुन सक्छ ।

जस्का लागी सम्पुर्ण सरोकारवालाहरुको सकृय सहभागीता हुनु जरुरी छ । अनी मात्र यस दिवशले लिएको नारा “जनचेतना जगाऔं, खोप लगाऔं रेविज उन्मुलन गरौँ भन्ने सार्थक हुन सक्छ ।

Comments

comments

Related Posts