विदेशी सीप स्वादेशमा व्यवसाय

(No Comments)     September 26, 2018    

काठमाडौं । स्याङ्जा एक युवाले विदेशमा सिकेको सीप स्वादेश फर्कि व्यावसायिकरूपमा पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा नमूना पशुपालन गर्दै आउनुभएको हो ।

चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आउनुभएको छ । भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताउनुभयो । युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन् ।

फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना रहेको युवा व्यवसायी डुम्रेले बताउनु भयो । अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ ।

साउदीमा रहँदा यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको र त्यहाँ रहँदा सिकेको सीप यहाँ आएर आफ्नै ठाउँमा व्यवसायी गर्न थालेको डुम्रेको भनाई छ । दूधका साथैं पनिर, घ्यू, दही, नौनीको समेत उत्पादनगर्दैं आउनु भएको छ । फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रे बताउनुहुन्छ ।

डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आउनुभएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदीमा सिकेको सीप अधmै पूरै नेपालमा कार्यान्वयन गर्न नसकिरहेको उहाँको भनाई छ ।

डुम्रेको गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना भए पनि लगानि थप्न सक्नु भएको छैंन । कृषि भाषणको विषय मात्रभएको र बैंकले सस्तो ब्याजदरमा ऋण नदिएको डुम्रेको गुनासो छ ।

 

Comments

comments

Related Posts