लाखौ आम्दानी हुने भएपछि अलैची तर्फ आर्कषण

(No Comments)     October 6, 2018    

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका कृषक बर्षेनी अलैचीको भाउ बढदै जान थाले पछि अलैची खेती तर्फ आकर्षित बन्दै जान थालेका छन । अलैची खेतीबाट लाखौ रुपैया बार्षिकरुपमा कमाई गर्न सकिने भएपछि जिल्लाका कृषकमा अन्य बालीको तुलनामा अलैची खेती तर्फ आर्कषण बढदै जान थालेको हो ।

अलैंचीको माग नेपाल लगाएत विदेशमा समेत बढ्न थाले पछि कृषकहरुले आम्दानीको मुख्य श्रोतका रुपमा अलैंचीलाई लिन थालेका छन् ।जिल्लाका कृषकहरुको अलैचीमा आर्कषण बढन थालेसँगै जिल्ला कृषि बिकास कार्यालयमा समेत अलैचीको बिरुवा माग गर्नेको संख्यामा बृद्धि हुदै जान थालेको छ । कार्यालयले बार्षिकरुपमा अलैचीको बिरुवा ल्याएर कृषकहरुलाई बिक्री गर्दे आइ रहेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । 

भोजपुरको विभिन्न गाविसहरुमा अलैंचीको अत्याधिक मात्रामा उत्पादन हुने गर्दछ । जिल्ला कृषि बिकास कार्यालयका अनुसार रामशाही, गोलशाही, डम्वर शाही, जिर्मले लगायत अलैचीका बिभिन्न जातहरु हुने गरेको छ । भोजपुरको दोभाने, कुदाककाउले, साम्पाङ्ग, अन्नपुर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङ्गथर्पु तिम्मा, हेलौछा्, गुप्तेश्वर, भैसिपंखा लगायतका अधिकांश गाविसहरुमा अलैची खेती हुने गरेको छ ।  

सेपीलो तथा भिरालो जग्गामा पनि अलैचीको खेती गर्न सकिने भएकाले जिल्लामा अलैची खेती शुरु भएको कृषक धर्मराज राई बताउँछन । उनले पनि अहिले जिल्लाका बिभिन्न स्थानमा अलैची खेती शुरु गरेका छन । अन्य वाली भन्दा राम्रो उत्पादन र आम्दानी हुने भएकाले पनि जिल्लामा अलैचीको ब्यवसायिकता बढेको कृषकहरु बताउँछन ।  

Comments

comments

Related Posts