रैथाने धान हराउदै

(No Comments)     December 8, 2015    

गौशाला, २२ मङ्सिर । वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।

 

जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका रैथाने धान हराएका छन् । अहिले जिल्लामा उन्नत् जातका नयाँनयाँ प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको किसानको भनाइ छ । स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सौख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको बथनाहाका किसान कारी कापरले बताउनुभयो । तर रैथाने मध्येकै बासमती धानले अहिले पनि अस्तित्व बचाएकै छ । रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार पारिने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको औरहीका किसान वीरेन्द्र यादवले बताउनुभयो ।

जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको उहाँको भनाइ छ । रासस

Comments

comments

Related Posts