रसायनिक आधुनिक औषधी, वरदान साथै अभिशाप

(No Comments)     January 27, 2017    

डा. केदार कार्की

काठमाडौं । मुलुक कृषि प्रधान विकाशशील देश हुनुका साथै आर्थिक विकास तीर लम्किदैछ । चारैतिर आर्थिक विकासको चर्चा भइरहेको छ । यस उद्धेश्य प्राप्तीका लागि कृषि उत्पादन तथा पशु उत्पादनको लागि अत्यधिक रुपमा औषधीहरुको प्रयोग गरीदैछ ।

औषधिको प्रयोगले धेरै खाले नकारात्मक परिणाम जनस्वास्थ्य एवम् पशु स्वस्थ्यमा देखा पर्न थालेको छ । भुमीको उर्वरता, नदी, तलाउ , कुवाको पानी पशु एवं कृषिजन्य उत्पादन सवैमा औषधिहरुको अवशेष भेटिन थालेको छ । यी औषधीहरु झारपात किटनाशकको सुक्ष्म मात्रा दाना आहार भोजन साथै पशु तथा मानवमा प्रयोग भइराखेकोछ । जुन धेरै खाले रोगव्याधिको अनायस कारण बनि राखेका छन् ।

औषधीहरु रसायनिक प्रकृतिका हुने गर्दछन् जुन शरीरमा प्रवेश गरेपछि केही न केही हानी अवश्य पु¥याउँछ तर हाम्रो विवशता पनि छ । यी रसायनिक औषधी प्रयोग गर्नका लागि चाहे ती कृषि, पशुजन्य उत्पादन बृद्धि गराउन होस या किरा फटयाँग्रा मार्न होस ती सवै हानीकारक हुने गर्दछन् । यी सवै खाले औषधीहरुको प्रयोग दक्ष चिकित्सक, पशु चिकित्सक कृषि विज्ञको सल्लाहमा उचित दिशानिर्देश अनुसार मात्र गरीनु पर्दछ । यदि हामीले यस प्रकारले प्रयोग ग¥यो भने यिनको हानीकारक प्रभाववाट वच्न सक्छौ ।

पशुहरुमा प्रयुक्त हुने औषधिहरु चाहे ती किटनाशक, जीवाणु, विषाणुनाशक नै किन नहुन सवै केही हदसम्म दुध फूल मासुमा आउने गर्दछन । यी पशु प्रदत पदार्थहरु यदि जनसमुदायले प्रयोग गरे भने यसले मानव शरीरमा यिनको विषाकत प्रभाव पर्नेछ । यसरी अवशेषका रुपमा आउने औषधीहरु निश्चित स्तर सम्मको हुनु पर्दछ । यदि कृषि ,पशुजन्य उत्पादनमा तोकिएको मात्रा भन्दा बढी स्तरमा औषधीहरुको अवशेष रहेमा त्यस्ता उत्पादन मानव उपभोगको लागि विक्रीवितरण गरीनु हुन्न ।

आजभोली प्रत्येक अन्तराष्ट्रिय बजारको गुणस्तरहरुमा यी सवैको स्तर हरुको मापन, जाँच परिक्षण गर्ने गरीन्छ । यदि हाम्रा पशुजन्य उत्पादन ती गुणस्तरमा खरो उतरीय भने मात्र अन्तराष्ट्रिय बजारमा विक्री गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । यस आर्थिक प्रगतिको युगमा हाम्रा पशुपालक कृषकलाई यी सवै कुरा प्रति जागरुक हुन जरुरी छ । औषधीहरुको सहि प्रयोगबाट धेरै फाइदा छन् । तर जथाभावी प्रयोगले भने प्रतिकुल असर पु¥याउँछ । जस्तो की एन्टीवायोटिक औषधीहरु आजभोली अधिक प्रभावशाली एवं सक्षम भइ राखेका छैनन ।

किनकी हामी यिनको प्रयोग सहि तरीकाले गरी राखेका छैनौ र जिवाणुहरु आफुमा दिनहु नया परिवर्तन गरेर ती जिवाणुनाशक को प्रभाववाट आफुलाई वचाउन सामार्थवान हुन्छन् । त्यसैले जीवाणु, विषाणुनाशक औषधीहरु सहि मात्रामा पुरै सिफारिश गरीएको समय समय नियमित प्रयोग गर्ने गराउनु पर्दछ ।

अनावश्यक औषधिको प्रयोग गरीनु हुन्न, विरामी पशु वेग्लै राखीनु पर्दछ । जुन रोगहरु खोप लगाएर रोकथाम गर्न सकिन्छ । तीनको खोप वेलै मा नै पशुहरुलाई लगाउनु पर्दछ । पशु चिकित्सकको सल्लाह अनुसार मात्र औषधि प्रयोग गरीनु पर्दछ । पशु पाल्ने खोर गोठ घर तथा घर वरीपरि सफा सुग्धर राख्नु पर्दछ । पशुहरुलाई सन्तुलित दाना आहार दिनु पर्दछ ।जसले गर्दा तीनवाट उत्पादन राम्रो होस तथा रोग ग्रस्त हुनवाट वच्न सकुन् ।

कृषक द्धारा प्रयोग गरीने उर्वरा , औषधीहरु तथा अन्य किसिमका विषालु पदार्थको प्रयोगले प्रकृतिको वातावरण दुषित हुँदै गईराखेकोछ । भुमिमा पानीको अनेक श्रोत, माटो, वायु पनि दुषित हुँदैछ । अनेक मानव निर्मित सामग्री जस्तै पोलिथिन प्लाष्टिक गाजर घाँसले प्रकृतीलाई अत्यधिक नोक्सानी पु¥याइ राखेकोछ । यी सवैलाई निषेध गरीनु पर्दछ ।

वनस्पतीजन्य हाम्रा परम्परागत प्रविधिकिो पुनःप्रयोगमा हाम्रो ध्यान जानु जरुरी छ । विस्तारै जीवाणुनाशक औषधीहरु अप्राशंगिक हुँदै जानेछन् । त्यति वेला हाम्रा परम्परागत औषधिजन्य जडिवुटी अनि मसाला जस्तै, अदुवा, मरीच, बेसार, मुलेठी, लसुन , ज्वानो, जीरा कालमेघ, चिराईतो, नीम, भुइअमला , तुलसी, बेल, आदि जुन हाम्रा आर्युवेदमा उपलब्ध छन् प्रयोगमा ल्याउनु पर्ने हुन्छ ।

राम्रो व्यापार , शुद्ध पर्यावरण स्वस्थ्य मानवजीवन तथा पशु सवै कुराको लागि सवै समझदार हुन जरुरीछ प्रकृतिको सहि दोहन होस, औषधीको सहि प्रयोग होस, शुद्ध सफा, स्वस्थ्यसँग आफु पनि बाँच्न सकिन्छ र आफनो पशुपंक्षी पनि पाल्न सकिन्छ ।

अतः रोग व्याधीवाट वच्नु वचाउनु नै रोग व्याधिको उत्तम उपचार हो ।

Comments

comments

Related Posts