युवा लक्षित: पशुपालनतर्फ दुई करोड बढी अनुदान

(No Comments)     April 17, 2017    

पोखरा, ४ वैशाख । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ ।

स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

pig

त्यस्तै बङ्गुर व्यवसाय प्रवद्र्धन गर्ने एकजनालाई रु चार लाख, विगलेटका पाँच फार्मलाई रु दुई-दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चारवटा फार्मलाई रु एक÷एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन फार्मलाई रु दुई/दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० कृषकलाई रु १५/१५ हजारका दरले अनुदान दिइने छ ।

साना गाईंभैसी पालन गर्न सातवटा फार्मलाई रु एक लाख ७० हजार-एक लाख ७० हजार, व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु १०-१० हजार तथा घाँस काट्ने उपकरण खरिद, बर्खे घाँस उत्पादन, घाँस विकासजस्ता कार्यक्रममा पनि अनुदानको व्यवस्था गरिएको छ ।

किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भई बिल भर्पाइ आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले बताउनुभयो । रासस

Comments

comments

Related Posts