मौरीपालनबाट लाखौं आम्दानी

(No Comments)     February 17, 2018    

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले मौरीपालनबाट बार्षिक रुपमा लाखौं आम्दानी गरिरहनुभएको छ । उहाँले मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु ६ लाख भन्दा बढी आम्दानी लिने गर्नु भएको हो ।

मौरीपालनले खड्कालाई एउटा सफल उद्यमी बनाएको छ । उहाँ अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । खड्काले मौंरीपालनको आम्दानीबाट आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च समेत सहझै चलाउनु भएको छ ।

२०६२ सालमा रु पाँच सय ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको र त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको खड्काले बताउनु भयो । वर्षमा दुई पटक मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उहाँको भनाइ छ । उत्पादित मह प्रतिकिलो रु ६ सय र मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गर्नुभएको छ ।

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लामै खपत हुने गरेको खड्काले बताउनुभयो । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।

आव २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत समेत हुनुभएको खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिन थाल्नुभएको छ ।

Comments

comments

Related Posts