मोर्चा र प्रहरी विच झडप तीनको मृत्यु चार घाईते (अपडेट)

(No Comments)     January 21, 2016    

किरण न्यौपाने

रंगेली, माघ ७ । आन्दोलनरत संयुत लोकतान्त्रीक मधेशी मोर्चा र प्रहरी बिच मोरङको रंगेली र डाइनियामा आज झडप हुदा तीन जनाको मृत्य भएको छ भने आधा दर्जन घाइते भएका छन् ।

प्रहरीको गोली लागी रंगेली नपा ४ बस्ने ६० वर्षिय द्रोपती देवी चौधरी र उपचारको क्रममा वरड्गा गाविस वस्ने महादेव ऋषिदेवको मृत्यु भएको छ । त्यस्तै मोरङकै डाइनियमामा पनि भएको झडपमा शिवु चौधरीको पनि मृत्यु भएको छ । भने रगेली ९ बस्ने ५० वर्षिय सत्य नारायण साह रंगेली ९ बस्ने वर्ष ३५ को जगरनाथ साह, वरड्गा गाविस वस्ने महादेव ऋषिदेव र रंगेली नपा ४ बस्ने सुवोध मण्डल घाईते भएका छन् ।

संविधान बारे मधेशमा रहेको भ्रम बारे युवा संघ नेपालले थालेको तराई मधेश जागरण अभियान अन्र्तगत मोरङको रंगेलीमा आमसभाको आयोजना गरेको थियो सो सभालाई मोर्चाले विफल बनाउनका लागी गाऊ गाऊबाट हजारौको संख्यामा कार्यकर्ता रंगेलीमा भेला गरी मोर्चाले समेत आमसभाको आयोजना गरेको थियो ।

युवा संघ नेपालले रंगेली खानेपानी रोडको खुल्ला मैदानमा आयोजना गरेको आमसभालाई मोर्चाले विथोल्न प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गरेपछी प्रहरीले दजनौ राउण्ड अश्रु ग्यास र गोली चलाएको थियो । सोही क्रममा प्रहरीको गोली लागी चौधरीको मृत्यु भएको हो ।

यता मोरङको डाइनियामा समेत प्रहरी र मोर्चाको कार्यकर्ताहरु विच झडप हुदा प्रहरीको गोली लागी डाइनिया ९ बस्ने २५ वर्षिय शिबु माझीको मृत्यु भएको छ ।

Comments

comments

Related Posts