मोरङका युवा आफैं रोजगारीको सृजना गर्दै

(No Comments)     February 11, 2018    

काठमाडौं । मोरङका युवा गाउँमा आफैं कृषि व्यवसाय गरी रोजगारीको सृजना गर्न थालेका छन् । राम्रो कमाईको मोहमा परि दैनिक युवा वैदेशिक रोजगारी लागि पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका बन्नु भएको छ ।

चोङवाङले २०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गर्नुभएका चोङवाङले अहिले नौ माउ भैँसी र पाँच माउ गाईपाल्दै आउनु भएको छ । आफैंले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताउनुभयो । गोबरमलबाट मात्रै बार्षिक तीनलाख ६० हजार रुपैंया बराबरको आम्दानी गर्दै आउनु भएको छ ।

अझै व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी समेत पाल्नुभएको छ । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

चोङवाङले गाउँमा आफैं रोजगारीको सृजना गर्ने उद्देश्यले आफ्नै चार बिघा जमिनमा कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गर्नुभएको छ भने सो केन्द्रमा पाँच जनालाई रोजगारी समेत दिनु भएको छ । मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको चोङवाङले बताउनुहुन्छ ।

यस्तै ३ वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले पनि बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । दुईवटा बाख्राबाट बाख्रापालन गर्नुभएको सुवेदी परिवारले अहिले १०० वटा बाख्रापालन व्यवसाय गर्नु थाल्नुभएको छ ।

उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा समेत सुधार आएको बताउनु हुन्छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा कृषि पेशा व्यवसाय अपनाउन सुवेदी आग्रह गर्नुहुन्छ ।

सुवेदीले पनि दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । सुवेदीले अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि बाख्रापालन व्यवसाय थालनी गरेको बताउनु हुन्छ । सुबेदीका फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्मको हुने गरेको बताउन हुन्छ ।

बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उहाँ मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैँसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । साथै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।

Comments

comments

Related Posts