मेहनत गरौं, काम ठूलो सानो हुँदैन

(No Comments)     December 25, 2017    

काठमाडौं । स्वादेशमा रोजगारी नपाउँदा निराश बनेका युवाहरु दुईचार पैंसा कमाउने आशामा विदेशीने गर्दछन् । अर्काको देशमा गएर मेहनत र परिश्रमको मूल्य बुझदैनन् तबसम्म विदेशीने क्रम बढ्नेनै देखिन्छ ।

आप्नो गाउँघरमा बस्दा आफूले खाएको गिलाससम्म उठाउन नसक्ने मानिसहरु अर्काको देशमा जस्तो सुकै दुख कष्ट गर्न पनिपछि पर्दैनन् ।
कतिपयले विदेशमा जति दुख, पीडा, मेहनत गरे पनि आप्नो परिश्रमको मूल्य नपाउँदा, यति दुख गरे त१ आप्नो मुलुक कमाइ रोजगरी बन्न सकिन्छ भनी स्वादेश फर्कने युवा पनि भेटिने गरिन्छ ।

ईलाम सूर्योदयन गरपालिका २ का भूषण गौतम तीन बर्ष कतार बसेर स्वादेश फकिएर अहिले कृषिमा आबद्ध हुनु भएको छ । गौतम भन्नु हुन्छ “घरमा बस्दा आफूले खाएको पिलेटसम्म उठाँएको थिइन” कतारमा तीन बर्ष बसे धेरै दुख, कष्ट, मेहनत, परिश्रम गरे तर भने जस्तो मेहनतको फल कहिले पाईन” ।

गौतमले अहिले गाउँमै पशुपालन गर्न थाल्नु भएको छ । पाँचवटा उन्नत जातको गाई र पन्ध्रवटा बाख्रा पाल्न थाल्नु भएको छ । काममा सहयोगको लागि उहाँले एक जनालाई मासिक रु. १२ हजारको रोजगार समेत दिनु भएको छ । उहाँले दैनिक ५० लिटर भन्दा बढी दूध प्रतिलिटर ५५ का दरले बेच्न थाल्नु भएको छ । दूधबाट राम्रो आम्दानी हुन थालेको उहाँ बताउनु हुन्छ ।

गौंतमले छ महिनादेखी मासिक चालीस हजार बैंकमा डिपोजिट समेत गर्दै आउनु भएको बताउनु भयो । गाइपालनको साथै उहाँ अब अर्गायनिक तरकारी खेती पनि गर्ने सोचमा रहेको सुनाउनु हुन्छ ।

कृषिमा पहिले भन्दा अहिले धेरै आधुनिक प्रबिधिहरु समेत भित्रि सकेकोे हुँदा आप्नै देशमा केही गरौं “काम ठूलो सानो हुँदैंन, मेहनत गरे पैंसा आप्नै देशमा छ” भन्ने सोच बनाउन गौंतम युवा बर्गलाई सुझाव दिनुहुन्छ ।

विदेश गएर दुख झेल्नु भएका गौंतमको अनुभव सुनाउनु हुन्छ “विदेश गएपछि मानिसलाई मेहनती भने पक्कै बनाउदो रहेछ” ।

Comments

comments

Related Posts